एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनमार्फत खरिद गर्न सकिने

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाई अनलाइनमार्फत खरिद गर्न सकिने

काठमाडौं ।

नेपालमै पहिलो पटक निश्चित् आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ ।

कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको इकाई लगानीकर्ताहरुले अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट वा सोझै https://nicddf.nicasiacapital.com/ मा क्लिक गरि यूनिट पर्चेज भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ ।

हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एन आई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने बताईएको छ ।

easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार