फोरके गेमिङद्धारा अक्सिजन सिलिन्डरका लागि करिब १ लाख ६५ हजार रूपैयाँ संकलन

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

फोरके गेमिङद्धारा अक्सिजन सिलिन्डरका लागि करिब १ लाख ६५ हजार रूपैयाँ संकलन
Classic Tech

नेपालको पब्जी च्यानल फोरके गेमिङले अक्सिजन सिलिन्डरका लागि करिब १ लाख ६५ हजार रूपैयाँ संकलन गरेको छ । कोरोना महामारीमा देखिएको अक्सिजन सिलिन्डर अभावका कारण अक्सिजन सिलिन्डर उपलब्ध गराउनका लागि फोरके गेमिङले च्यारिटी शो स्ट्रीम गरेको थियो ।

फोरके गेमिङ नेपालकाअनुसार सो च्यारिटी शोबाट १ लाख ३९ हजार ५८६ रूपैयाँ जम्मा भएको र त्यसमा फोरके गेमिङले आफ्नो तर्फबाट २५ हजार रुपैयाँ थप गरेर कुल १ लाख ६४ हजार ५८६ रूपैयाँ संकलन गरेको जानकारी दिएको छ ।

सो संस्थाले यो रकमलाई राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनलाई हस्तान्तरण गर्ने बताएको छ । हाल राष्ट्रिय आविष्कार केन्द्रले कोरोना संक्रमित लागि अक्सिजन सिलिन्डर तथा विभिन्न उपकरणहरु मर्मत संभारको व्यवस्थापन गरिरहेको छ ।

TK Viber

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

Loading...