ह्वावेले आफ्ना स्टोरहरुबाट इलेक्ट्रिक कार बेच्ने, सन् २०२२ भित्र ३ लाख युनिट बिक्रीको योजना

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

ह्वावेले आफ्ना स्टोरहरुबाट इलेक्ट्रिक कार बेच्ने, सन् २०२२ भित्र ३ लाख युनिट बिक्रीको योजना

टेक्नोलोजी कम्पनी ह्वावेले अब आफ्नो व्यवसाय स्मार्टफोन र हार्डवेयर उपकरणहरूमा मात्र सिमित नगरि हालै कार टेक्नोलोजीमा पनि अगाडि बढेको छ। यद्यपि ह्वावेले आफैंले कार बनाउनेछैन, बरु कम्पनीले आफ्नो टेक्नोलोजीहरु अन्य कार निर्माताहरू र स्टार्टअपलाई प्रदान गरेर सहयोग गर्दछ ।

यसले सफ्टवेयर, हार्डवेयर र सेल्फ ड्राइभिङ्ग टेक समर्थन समावेश गर्दछ । हालै आएको खबर अनुसार कम्पनीले आफ्नो ह्वावे स्टोरहरुको माध्यमबाट यी कारहरु बेच्ने योजना गरिरहेको छ। यसका लागि कम्पनीले जुलाई २०२१ सम्म म्याद राखेको छ। यति मात्र होइन, कम्पनीले आगामी बर्षसम्म यी स्टोरमार्फत ३ लाख भन्दा बढी युनिटहरू बेच्ने योजना पनि राखेको छ।

गिज्मोचाइनाको रिपोर्टले बताएअनुसार कम्पनीका स्मार्टकार सलुसन बियूका सीईओ रिचार्ड यू अर्को बर्षसम्म ३ लाख युनिट बेच्ने योजनामा ​​छन्। यो संख्या प्राप्त गर्नका लागि कम्पनीले आफ्नो २०० स्टोर मार्फत कार बेच्ने तयारी गरिरहेको छ।

यो खबर त्यसबेला आएको छ जतिबेला कम्पनीले मर्सिडीजबेंज, बिवाईडी र बिएआईसी र चाङ्गगन जस्ता कार निर्माताहरु संग पनि साझेदारी गरिरहेको छ। ह्वावेले आफ्नै कार बनाउँदैन, तर सफ्टवेयर, हार्डवेयर र यी सबै कार निर्माताहरूलाई सेल्फ ड्राइभिङ्ग टेक्नोलोजी सपोर्ट प्रदान गर्दछ। रिपोर्टकाअनुसार कम्पनीले हाल आफ्नो प्रमुख स्टोरहरूमा केहि समयअघि लन्च भएको सिरिज एसएफ ५ इलेक्ट्रिक कारहरू बेच्नेछ।

सिरिज एसएफ ५ इलेक्ट्रिक कार को बुकिंगको पहिलो महिना मा ६,५०० भन्दा बढी बुकिंग प्राप्त भएको बताईएको छ।

TK Viber

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

Loading...