चर्चित आईफोन क्यामरा एप ‘हालाइड’ अब आईप्याडमा पनि उपलब्ध

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

चर्चित आईफोन क्यामरा एप ‘हालाइड’ अब आईप्याडमा पनि उपलब्ध

काठमाडौं ।

आईफोनका लागि तेस्रो पक्षको क्यामरा एप हालाइड बनाउने कम्पनी हालै लक्सले आईप्याडका लागि पनि हालाइड क्यामरा एप सार्वजनिक गरेको छ।

आईप्याडका लागि बनाइएको हालाइड क्यामरा एपका लागि आईप्याडको ठूलो डिस्प्लेलाई मिल्ने गरी यूजर इन्टरफेसमा परिमार्जन गरिएको छ।

निर्माताले आईफोन भर्सनकै जस्तो बटनको सट्टा आईप्याड हालाइडमा नयाँ लेआउटका साथ स्क्रीनको साइडमा क्यामरा बटनहरु राखेको छ। यसैगरी लेन्स स्विचर र म्यानुअल फोकस भने अर्को पट्टि किनारामा दिइएको छ। साथमा कममात्र प्रयोगमा आउने कन्ट्रोलहरुलाई भने कुनामा राखिएको छ।

यी कन्ट्रोलहरु चाहिएको बेला प्रयोग गर्ने र अरु बेला ती स्थानमा नदेखिने गरी डिजाइन गरिएका छन्। बायाँ हाते प्रयोगकर्ताका लागि सजिलो होस् भनेर यूआई अर्को साइडमा सार्न मिल्ने बनाइएको छ। यसका लागि सेटिङ्स बटन थिचेर आवश्यकता अनुसार यता उता सार्न सकिन्छ।

स्पेश ग्रे मोडलको आईप्याडलाई सुहाउने गरी एउटा अझ गाढा खैरो बटन पनि राखिएको छ। यी बाहेका आईप्याड हालाइडका फिचर आईफोन भर्सनको जस्तै छ। यसले ‘र’ फोटो पनि खिच्न सक्छ। ‘प्रो र’ भने आईफोन १२ प्रो मा मात्र उपलब्ध छ।

यो यूनिभर्सल एप भएकाले आईफोनमा यो एप निशुल्क छ भने आईप्याडको लागि एकै पटक शुलक् बुझाएर वा मासिक तथा वार्षिक योजनामा पनि किन्न सकिन्छ।

Global Bank
easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार