कोरोनाका कारण जर्मन प्रविधि प्रदर्शनी ‘आईएफए बर्लिन २०२१’ रद्द

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

कोरोनाका कारण जर्मन प्रविधि प्रदर्शनी ‘आईएफए बर्लिन २०२१’ रद्द
Global IME Bank

काठमाडौं ।

जर्मनीको बृहत् प्रविधि प्रदर्शनी ‘आईएफए २०२१’ कोरोना महामारीका कारण अर्को सूचना नभएसम्मका लागि रद्द गरिएको छ।

मेस्से बर्लिन र जीएफयू कन्जुमर एन्ड होम इलेक्ट्रोनिक्स जीएमबीएचले एक विज्ञप्ति निकालेर दक्षिण पूर्वी एसियामा तीव्र गतिमा फैलिरहेको कोरोना महामारी तथा विश्वभर कोरोनाविरुद्धको खोप उपलब्ध हुने अनिश्चितताका कारण प्रदर्शनी रद्द गर्नु परेको प्रस्ट्याएका छन्।

आयोजकको उक्त निर्णयले बर्लिन ट्रेड शोमा भाग लिन तयार रहेका थुप्रै कम्पनीमा आगामी वर्ष भाग लिने कुरामा हिचकिचाहट तथा प्रदर्शनी शुरु हुने बेला सहभागी हुनेगरी योजना बनाएक कतिपय सञ्चारमाध्यम तथा सहभागीलाई पनि विमान तथा यात्रासम्बन्धी असहजता महसुस हुन सक्ने आकलन गरिएको छ।

यो रद्द गरिनुको अर्को कारण भनेको प्रदर्शनी गर्न छुट्याइएको ठाउँलाई खोप केन्द्र बनाइएङ्को र एउटा आपतकालीन अस्पताल पनि निर्माण गरिएकोले उक्त ठाउँ कमसेकम आगामी सेप्टेम्बरसम्म खाली नहुने भएकोले हो।

अब आईएफएका आयोजकहरु अर्को वर्षको प्रदर्शनीका लागि योजना बनाइरहेको र स्थिति सामान्य भएको अवस्थामा आगामी २०२२ सेप्टेम्बर २ देखि ६ तारिखमा यो प्रदर्शनी हुने अपेक्षा गरिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार