यस्तो छ मङ्गगल ग्रहमा पुगेको चिनियाँ यानले पठाएको तस्विर र भिडियोहरु

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

यस्तो छ मङ्गगल ग्रहमा पुगेको चिनियाँ यानले पठाएको तस्विर र भिडियोहरु

चीनले मङ्गल ग्रहमा अवतरण गरेको जुरोङ नामक पहिलो अन्तरिक्ष यानले खिचेका पहिलो तस्बिर  र भिडियोहरु सार्वजनिक गरेको छ । सो यानले अवतरणको क्रममा २ वटा तस्विर र २ वटा भिडियो खिचेको थियो ।

चाइना नेशनल स्पेस एडमिनिस्ट्रेसनद्धारा सार्वजनिक उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

यसका साथै सो रोभरले अर्बिटरमा क्यामराद्वारा लिइएको दुई भिडियोहरू पनि पठाएको छ ती भिडियोहरुमा ल्यान्डर र रोभर ल्याण्डिङ्गको क्रममा अर्बिटरबाट कसरी छुट्टिए भनेर देखाउँदछ।

चिनियाँ यान शनिवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।

पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् ।

रोभरले अब ल्यान्डरबाट तल ओर्लिएर मार्सियन सतहमा जान तयारी गरिरहेको बताईएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

Loading...