ह्वावेद्वारा हार्मोनीओएस र २०० मिटर रेन्ज भएको राउटर सार्वजनिक, आउला त नेपालमा?

Technology Khabar ६ जेष्ठ २०७८, बिहीबार

ह्वावेद्वारा हार्मोनीओएस र २०० मिटर रेन्ज भएको राउटर सार्वजनिक, आउला त नेपालमा?

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले बुधबार हार्मोनीओएसयुक्त नयाँ वाइफाइ राउटर सार्वजनिक गरेको छ।

बुधबार भएको उत्पादन घोषणा तथा सार्वजनिक कार्यक्रममा कम्पनीले विभिन्न नयाँ स्मार्टफोन तथा अन्य डिभाइसका साथमा यो वाइफाइ राउटर पनि सार्वजनिक गरेको हो।

यसलाई कम्पनीले एच६ वाइफाइ राउटर नाम दिएको छ भने यसले कम्तीमा पनि २०० मिटरसम्म वाइफाइ सिग्नल फाल्न सक्छ। यो राउटर ठूला घरहरुका लागि लक्षित गरेर बनाइएको हो भने यसमा ६ ओटा अरु राउटरहरु कनेक्ट गर्न सकिन्छ।

यसले ३००० एमबीपीएससम्मको गतिमा सिग्नल फाल्न सक्ने र अधिकतम रेन्ज २०० मिटर हुने कम्पनीको दावी छ।

यसबाहेक कम्पनीले यसमा १४० भिडियो गेम तथा ४० ओटा अनलाइन कोर्ससम्बन्धी एप्लिकेशन पनि राखेकाले विशेष अल्गोरिदमको प्रयोग गरेर यसले सिग्नल फाल्दा यसको ल्याटेन्सी २० प्रतिशतसम्म कम गर्न सक्छ। यसले यूजरलाई गेम र अनलाइन कोर्सको प्रयोग गर्दा कुनै प्रकारको समस्या आउँदैन।

अत्याधुनिक वाइफाइ ६+ स्ट्याण्डर्ड सपोर्ट गरेर उच्च नेटवर्क गति प्रदान गर्ने एच६ वाइफाइ राउटरको मूल्य ४९९ चिनियाँ युआन अर्थात् लगभग ७८ डलर तोकिएको छ।

यो राउटर मात्रै उक्त मूल्यमा किन्न सकिन्छ भने ६ ओटा अरु आश्रित राउटरसहितको बण्डलमा किन्नु परे १९९९ युआन् अर्थात् लगभग ३१० डलरमा उपलब्ध हुने कम्पनीको भनाइ छ। एउटा आश्रित राउटरको मूल्य भने ३९९ युआन अर्थात् ६२ डलर तोकिएको छ।

तत्कालका लागि चीनमा मात्र उपलब्ध यो राउटर चीनबाहिर कुन कुन देशमा र कहिले उपलब्ध हुनेछ भन्ने कुनै आधिकारिक जानकारी कम्पनीले उपलब्ध गराएको छैन।

easy care

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार