एन्ड्रोइड १२ को बिटा भर्सन सार्वजनिक, कुन कुन मोडलमा उपलब्ध छ?

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

एन्ड्रोइड १२ को बिटा भर्सन सार्वजनिक, कुन कुन मोडलमा उपलब्ध छ?
Classic Tech

मंगलबार गुगलले आफ्नो वार्षिक डेभलपर कन्फ्रेन्स अर्थात् आई/ओ इभेन्टको कीनोटमा एन्ड्रोइड १२ को विवरण बारे जानकारी दियो। यसै कार्यक्रममा विभिन्न कम्पनी र मोडलका स्मार्टफोनहरुमा एन्ड्रोइड १२ को बिटा भर्सन पनि उपलब्ध भएको जानकारी गराइयो।

आधिकारिक घोषणाअनुसार एन्ड्रोइड १२ को बिटा भर्सन यो वर्ष १२ कम्पनीका छानिएका केही मोडलमा सपोर्ट गर्नेछ।

यसैबीच एचएमडी ग्लोबलले नोकिया एक्स२० मा एन्ड्रोइड १२ राखेर ल्याउने भनेकाले समग्रमा १२ कम्पनीका फोनमा उपलब्ध हुनेछ।

यी कम्पनीका निम्नलिखित मोडलमा उपलब्ध हुनेछ एन्ड्रोइड १२ बिटा भर्सन। तपाईँको सेट पनि पर्यो?

गुगल

  • पिक्सेल ३
  • पिक्सेल ३ एक्सएल
  • पिक्सेल ३ए
  • पिक्सेल ३ए एक्सएल
  • पिक्सेल ४
  • पिक्सेल ४एक्सएल
  • पिक्सेल ४ए
  • पिक्सेल ४ए फाइभजी
  • पिक्सेल ५

शाओमी

  • एमआई ११
  • एमआई ११ अल्ट्रा
  • एमआई ११एक्स प्रो
  • एमआई ११आई

वनप्लस

  • वनप्लस ९
  • वनप्लस ९ प्रो

असुस

  • जेनफोन ८

ओपो

  • ओपो फाइन्ड एक्स३ प्रो

रियलमी

  • रियलमी जीटी

शार्प

  • शार्प आक्वोस आर६

टेक्नो

  • टेक्नो क्यामन १७

टीसीएल

  • टीसीएल २० प्रो

भिभो

  • आईकू ७ लेजण्ड

जेडटीई

  • जेडटीई एक्शन ३० अल्ट्रा

एचएमडी ग्लोबल

  • नोकिया एक्स२०
TK Viber

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

Loading...