गोपनीयता नीति फिर्ता लिन ह्वाट्सएपलाई भारतद्वारा एक हप्ताको अल्टिमेटम

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

गोपनीयता नीति फिर्ता लिन ह्वाट्सएपलाई भारतद्वारा एक हप्ताको अल्टिमेटम
Classic Tech

ह्वाट्सएपको गोपनीयता नीतिलाई लिएर भारत सरकारले कडा कदम चालेको छ। उसले यो नीति फिर्ता लिनुपर्ने र त्यसका लागि बढीमा ७ दिन समय तोकेर ह्वाट्सएपलाई सूचना पठाएको छ। यो सूचना भारत सरकारको इलेक्ट्रोनिक तथा आईटी मन्त्रालयले पठाएको हो।

मंगलबार ह्वाट्सएपलाई पठाइएको पत्रमा मन्त्रालयको तर्फबाट उक्त गोपनीयता नीति भारतीयको व्यक्तिगत तथा डाटा सुरक्षालाई असर गर्ने खालको भएको बताइएको छ। करोडै भारतीय आफ्ना सञ्चाल का लागि यसैमा भर पर्ने भएको अवस्थामा नयाँ गोपनीयता नीति लाद्नु गैर जिम्मेवार कदम भएको पनि उल्लेख गरिएको छ।

यसका सम्बन्धमा दिल्लको उच्च अदालतमा हालिएको मुद्दा अझै विचाराधीन छ। मन्त्रालयले यो गोपनीयता नीति भारतीय कानुनसँग बाझ्ने भएकाले ७ दिनसम्म सन्तोषजनक जवाफ नआएमा यसका विरुद्ध कठोर कदम चालिने पनि मन्त्रालयले पत्रमा खुलाएको छ।

ह्वाट्सएपको अदलतमा जवाफ

गत मे १७ मा दिल्ली उच्च अदालतमा भएको सुनुवाइमा अदालतले ह्वाट्सएपको नयाँ गोपनीयता नीति भारतको सूचना प्रविधि कानुनको विरुद्धमा रहेको बताएको छ। यसको उत्तरमा ह्वाट्सएपले भारतमा चलिरहेका अन्य विभिन्न एपहरु जस्तै ओला, ट्रु कलर जोमाटो कू एप तथा सेतु एपले पनि लिइरहेका छन् भने आफूले पनि त्यही डाटा प्रयोग गर्न चाहेको बताएको छ। यसमा उसले यूजरलाई जानकारी गराएर डाटा प्रयोग गर्न खोजेको पनि प्रस्ट्याएको छ।

TK Viber

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

Loading...