५.५ इन्च स्क्रीन र हिलियो पी३५ चिपसेटसहितको सोनी एक्सपेरिया एस२ जापानमा सार्वजनिक

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

५.५ इन्च स्क्रीन र हिलियो पी३५ चिपसेटसहितको सोनी एक्सपेरिया एस२ जापानमा सार्वजनिक
Classic Tech

केही हप्ताअघि सोनीको आउँदैगरेको एस २ स्मार्टफोनका बारेमा विभिन्न विवरण तथा आकलनहरु सार्वजनिक भएका थिए।

यस्ता आकलन र विवरणहरु कतिपय मिल्छन् र कतिपय मिल्दैनन पनि। यसै सन्दर्भमा उक्त फोन जापानमा आधिकारिक रुपमा सार्वजनिक भएको छ। यसमा ५.५ इन्चको एचडी+ आईपीएस एलसीडी डिस्प्ले दिइएको छ भने सुरक्षाका लागि गोरिल्ला ग्लास ६ राखिएको छ।

१५९ ग्राम ताैल रहेको यो स्मार्टफोन एउटा फोरजी एलटीई डिभाइस हो जसमा मिडियाटेकको हिलियो पी३५ चिपसेट दिइएको छ। ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध हुने यो फोनमा माइक्रोएसडीका मद्दतले स्टोरेज बढाउन सकिन्छ।

इन्ट्री लेभलको भए पनि यो पानी र धुलो नछिर्ने विशेषताका साथ आउँछ र यसमा पछाडि १३ मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको डेप्थ सेन्सरसहितको डुअल क्यामरा सेटअप लगाइएको छ।

सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा लगाइएको यसमा साइडमा फिंगरप्रिन्ट स्क्यानर दिइएको छ।

कम्प्याक्ट साइजको यो स्मार्टफोनमा ४५०० एमएएच क्षमताको ब्याट्री लगाइएको छ। यसको मूल्य जापानी येन २२.००० अर्थात् २०२ डलर तोकिएको छ। आगामी मे २८ देखि बिक्री शुरु गरिने यो डिभाइस कालो, सेतो र नीलो रंगमा उपलब्ध हुने जनाइएको छ।

TK Viber

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

Loading...