शाओमीले नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड लन्च गर्यो

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

शाओमीले नेपालमा मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ डब्लु र मी स्मार्ट ब्यान्ड लन्च गर्यो

काठमाडौं ।

शाओमीले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ । अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंड साउंड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ ।

अर्को तर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरुले सुसज्जित छ जस्तै एसपीओ२ ट्रयाकिङ्ग जसले प्रयोगकर्ताहरुलाई उनीहरुको ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ्ग र स्लिप ट्रयाक गर्न मद्दत गर्दछ ।

लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरुलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ । स्पीकरमा डुअल ईक्यु मोडहरु जस्ता सुविधाहरुको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुनेछ । हाम्रो एभर इभल्भिङ्ग वेरेबल प्रोडक्टका साथ शाओमीले आफ्नो प्रयोगकर्ताहरुलाई सधैँ सव्रिmयतामा एक कदम अघि रहन अधिकार दिन्छ र एक एक्टिभ लाइफस्टाइल र आफ्नैै एक राम्रो संस्करण बन्न मद्दत गर्दछ। शाओमीको व्यापक रुपमा पछिल्लो थप भएको प्रशंसित मी स्मार्ट ब्यान्ड सिरिज, मी स्मार्ट ब्यान्ड ६ पनि यही मिशनमा निर्मित रहेको छ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)

पूर्ण फुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरु प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्दछ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)–अडियो अन द फ्लाई

सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पीकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्न ट्विन ८डब्लुह्२ फुल रेन्ज ड्राइभर छ । एक स्टाइलिश भाइभ्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पीकर एन्टी स्लिप प्याडिंगको साथ आउँदछ जसले उपकरणलाई उपयोगी बनाउँछ र यसमा स्ट्रङ ग्रिप छ जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्दछ ।
असाधारण अडियो अनुभवको प्रतिज्ञाका साथ कम्प्याक्ट स्पीकर डुअल ध्वनि मोडको साथ आउँदछ । टेलर मेड एक्सपेरियन्सलाई इनेबल गर्दै हामीले आफ्नोे मुड र अवसर अनुसार सजिलै नर्मल र डीप बास मोडमा स्वीच गर्न सक्छौँ । मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सको लागि टीडब्लुएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ । सबै घर पार्टीहरु, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरुको लागि एक आर्दश उत्पादन भएको यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रीमियम र फुलफिलिङ्ग प्रडक्ट हो ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँदछ जुन १३ घण्टा सम्म चल्दछ ।
यसको आइपिएक्स७ वाटरप्रुफको रेटिङ्ग छ र यसलाई अधिकतम १ मिटरको गहिराईमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिन्छ । यसमा कलहरु उठाउनको लागि बिल्ट इन माइव्रmोफोन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ ।

मी स्मार्ट ब्यान्ड ६ःएक कदम अगाडि
१.५६ इन्च स्टनिङ्ग पूर्ण स्क्रिन डिस्प्लेः फंक्शनल शैलीमा निर्मित अल न्यू मी स्मार्ट ब्यान्ड ६ एक स्टनिङ्ग १.५६ इन्चको ठूलो पूर्ण स्क्रिन एमोलेड टच डिस्प्लेको साथ अपग्रेड गरिएको छ । युनिक रनिङ्ग ट्रयाक आकारको स्क्रिनले ३२६ पीपीआइ क्रिस्टल–क्लियर रेजोलुसन र यसको प्रिडिसेसर भन्दा ५० प्रतिशत बढी स्क्रिन प्रदान गर्दछ जसले प्रयोगकर्ताहरुलाई कुञ्जी तथ्याङ्कहरुको दु्रत अवलोकनको लागि अभूतपूर्व दृश्यता प्रदान गर्दछ र इन्टेन्स वर्कआउटको बखतमा डेली नोटिफिकेसन्सहरु पनि प्रदान गर्दछ ।
यसमा ६० वटा भन्दा बढी थिम्सका साथ कस्टोमाइजेबल ब्यान्ड फेसेज छन् जसले प्रयोगकर्ताहरुलाई खेल खेल्न र उनीहरुको दैनिक शैलीको लागि पर्सोनलाइज गर्न मद्दत गर्दछ।

व्यायाम मोडहरुको विस्तृत विकल्पः कोरमा फिटनेस ट्रयाकरको साथ डिजाइन गरिएको मी स्मार्ट ब्यान्ड ६ मा ३० वटा रमाइलो र चुनौतीपूर्ण कसरत प्रकारहरु समावेश गरेर यसको फिटनेस मोड अप्टन्सहरुमा परिवर्तन ल्याइएको छ । प्रयोगकर्ताहरुले आफू रमाउनका लागि स्ट्रेचिंग र एचआइआइटी जस्तै अधिक इनडोर प्रशिक्षण, जिम्न्यास्टिक जस्ता प्रोफेशनल खेलहरु प्रयास गर्न सक्छन् वा रमाइलो गतिविधिहरु जस्तै जुम्बा र सडक नृत्यको प्रदर्शन पनि गर्न सक्छन् । यसले ६ वटा साधारण फिटनेसको लागि अटो–डिटेक्सनको पनि प्रदान गर्दछ जसमा दिनभरको गतिविधि र कुञ्जी तथ्याङ्क सुनिश्चित गर्न कि स्ट्याट्सहरु रेकर्ड गरिएको हुन्छ जसलाई डेली एक्टिभिटी मेट्रिक्समा फ्याक्टर गरिन्छ ।

सबै समावेशी स्वास्थ्य ट्रयाकिङ्ग सुविधाहरुः मी स्मार्ट ब्यान्ड ६ ले तपाईँको दैनिक डे टु डे लाइफको स्वास्थ्य ट्रयाकिङ्गलाई इन्ह्यान्स्ड हेल्थ मनिटरिङ्ग सुविधाहरुको मद्दतले एकदम गम्भीर रुपले लिन्छ । यसको नयाँ संस्करणले एसपीओ२ मापन,एक्युरेट हर्ट रेट मनिटरिङ्गका साथ साथै इन्ह्यान्स्ड स्लिप ट्रयाकिङ्गलाई मनिटर गर्छ जसले स्लिपलाई मनिटर, स्लिप साइकल सहित आरइएम स्लिप र स्लिप ब्रेदिंग क्वालिटीलाई पनि मापन गर्दछ । यो प्रडक्ट तनाव अनुगमन,डिप ब्रेदिंग गाइडेन्स फंशनका साथ साथै महिला स्वास्थ्य ट्रयाकिङ्गको साथ पनि आउँछ जसले प्रयोगकर्ताहरुलाई उनीहरुको शरिर र जीवनशैलीमा विस्तृत स्वास्थ्य अंतदृष्टिको प्रदान गर्दछ ।

उत्तम कसरतको बेलाको साथी मी स्मार्ट ब्यान्ड ६ ले १४ दिनको ब्याट्री लाइफ र क्वीक क्लिप अन र क्लिप अफ चार्जिङ्गको लागि एक उपयोगी चुम्बकीय पोर्टको प्रदान गर्दछ । ५ एटीएम पानी प्रतिरोधको क्षमताको साथ प्रमाणित मी स्मार्ट ब्यान्ड ६ लाई पौडी खेल्ने, स्नोरकलिङ्ग र नुहाउने बेला पनि लगाउन सकिन्छ। यो उपकरण ६ वटा जीवन्त रंगहरुको साथ नरम र आरामदायक स्ट्रापहरुमा उपलब्ध छ ।

मूल्य निर्धारण र उपलब्धताः
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली रु ५,४९९ मा उपलब्ध हुनेछ ।

मी स्मार्ट ब्यान्ड ६ कालो रंग नेपाली रु ५,९९९ मा उपलब्ध हुनेछ ।

यी दुबै डिभाइसहरु अथोराइज्ड एमआई स्टोर, अनलाइन र रिटेल पार्टनरहरु मार्फत ५ जेठ २०७८ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार