एनसेलको कोभिड-१९ हटलाइट सेवा सुरु, चौबीसै घण्टा स्वास्थ्य परामर्श लिन सकिने

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

एनसेलको कोभिड-१९ हटलाइट सेवा सुरु, चौबीसै घण्टा स्वास्थ्य परामर्श लिन सकिने
Classic Tech

दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाले कोभिड-१९ हटलाइट सेवा सुरु गरेको छ ।

एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा कोभिड संक्रमणको बारेमा संक्रमितहरुले वा सो रोग बारेमा भएका जिज्ञासाहरु समाधान गर्ने उद्धेश्यले यो सेवा सञ्चालनमा ल्याएको हो।

कोरोनाभाइरस रोग सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा संचालनमा रहेको एनसेल कोभिड-१९ हटलाइन सेवा ९८०५५५४५०० मा स्वास्थ्य परामर्शका लागि कल गर्न सकिनेछ।

यस हटलाइन सेवाले देशभरि घरमै आइसोलेसनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसअन्तर्गत चौबिसै घण्टा संक्रमित र उनीहरूका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग निःशुल्क परामर्श लिन सक्नेछन् ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले यसअघि पनि कोभिड-१९ को बारेमा विभिन्न सामाजिक कार्यहरु तथा जनचेतना अभिवृद्धि लगायतका कार्यहरु गर्दै आएको छ ।

एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेर नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने उपायहरुको बारेमा प्रचार प्रसार समेत गर्दै आएको छ ।

गत वर्ष एनसेलले सरकारको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ रु १० करोड योगदान गरेको थियो ।

यसका साथै कम्पनीले कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पुर्याउँदै आएको छ।

TK Viber

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

Loading...