क्लिनफिड लागू नगर्ने आईपीटिभी र इन्टरनेट सेवा प्रदायकलाई पनि कारबाही गरिने

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

क्लिनफिड लागू नगर्ने आईपीटिभी र इन्टरनेट सेवा प्रदायकलाई पनि कारबाही गरिने
Classic Tech

विज्ञापन बोर्डले अझैपनि कतिपय केवल अपरेटरहरु र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले क्लिनफिड लागू नगरेको भन्दै कारबाहीको चेतावनी दिएको छ ।

क्लिनफिड लागू भए नभएको हेर्ने निकाय बाेर्डले त्यस्ता कम्पनीहरु तथा सेवा प्रदायकहरुको बारेमा उजुरी आएको भन्दै तत्कालस क्लिनफिड लागू गर्न भनेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको बोर्डले आज सार्वजनिक सूचना प्रकाशित गर्दै क्लिनफिड गर्नेसम्बन्धि ऐन लागू भईसकेको सन्दर्भमा कतिपय केबल अपरेटरहरु, एमएसओ, एलसीओहरु, डिटिएच र आईपीटिभी तथा इन्टरनेट सेवा प्रदायकहरु तथा अन्य माध्यमबाट समेत त्यस्तो कार्य भईरहेको र कानून उलंघन गरेको उल्लेख गरेको छ ।

बोर्डले त्यस्ता प्रशारकहरुको अनुगमन गरिरहेको र त्यस्तो कानूनी व्यवस्था विरुद्ध प्रशारण कार्य नगर्न सबैलाई ध्यानाकर्षण गराएको छ ।

बोर्डले कानून विरुद्ध प्रशारण गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

नेपालमा गत कात्तिक महिनादेखि विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू भईसकेको छ भने सो ऐनको दफा ६ को उपदफा १ अनुसार ‘नेपाल प्रशारण हुने विदेशी च्यानलहरु विज्ञापन रहित (क्लिनफिड) प्रशारण गर्नुपर्नेछ भन्ने स्पष्ट लेखिएको छ ।’

TK Viber

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

Loading...