एप्पलद्वारा एप्पल वाचका लागि दुई ओटा प्राइड एडिशन ब्याण्ड सार्वजनिक

Technology Khabar ५ जेष्ठ २०७८, बुधबार

एप्पलद्वारा एप्पल वाचका लागि दुई ओटा प्राइड एडिशन ब्याण्ड सार्वजनिक

एप्पलले मंगलबार एप्पल वाचका लागि दुई ओटा नयाँ प्राइड एडिशन ब्याण्ड सार्वजनिक गरेको छ। यसबाहेक कम्पनीले यो ब्याण्डसँग सुहाउँदो २०२१ प्राइड वाच फेस पनि सार्वजनिक गरेको छ।

दुई ओटा ब्याण्डमध्ये पहिलो प्राइड एडिशन ब्रेडेड सोलो लूप डिजाइनको रहेको छ जुन अघिल्लो वर्ष आएकोभन्दा रंग संयोजनमा मात्रै फरक छ।

यसमा इन्द्रेणी रंगका साथै अश्वेत र ल्याटिनोहरु साथै एचआईभी एड्ससहित बाँचिरहेका हरुलाई संकेत गर्नका लागि कालो र खैरो रंगको पनि संयोजन गरिएको छ।

यसमा रहेका हल्का नीलो गुलाबी तथा सेतो रंगले पारलैंगिक समूदायलाई प्रतिनिधित्व गर्ने कम्पनीङ्को भनाइ छ।

प्राइड एडिशन ब्रेडेड सोलो लूप विभिन्न १२ साइजमा उपलब्ध छ।

दोस्रो ब्याण्डको नाम प्राइड एडिशन नाइक लूप हो। यसमा ६ वटा इन्द्रेणी रंगका साथ एउटा प्रकाशमा चम्किने खालको रहेको छ। यसबाट नजिकै रहेका गाडीहरुलाई संकेत पुगोस् भन्ने कम्पनीको उद्देश्य हो।

अघिल्लो मोडलको मूल्य ९९ डलर तथा दोस्रो अर्थात् प्राइड एडिशन नाइक स्पोर्ट लूपको ४९ डलर तोकिएको छ। यी ब्याण्ड एप्पल डटकम मार्फत् अर्डर गरेर आगामी मे २५ देखि हात पर्ने कम्पनीले जनाएको छ। नाइक एडिशन भने नाइक डट कममा पनि उपलब्ध हुनेछ।

TK Viber

प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

Loading...