अनरले ल्यायो ११ जेनेरेशन इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक १४ तथा म्याजिकबुक १५

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

अनरले ल्यायो ११ जेनेरेशन इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक १४ तथा म्याजिकबुक १५
Classic Tech

ह्वावेबाट छुट्टिएर अलग्गै ब्राण्डका रुपमा स्थापित अनरले अत्याधुनिक इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक ल्यापटप सार्वजनिक गरेको छ।

म्याजिकबुक १४ मा क्वाड कोर हाइपर थ्रेडेड इन्टेल आई७-११६५जी७ तथा आई५-११३५जी७ सीपीयू राखिएको छ। यस्तै म्याजिकबुक १५ मा भने आई५-११३५जी७ सीपीयू मात्र उपलब्ध छ। तर दुवैमा इन्टेलको नयाँ आइरिस एक्सईयुक्त ग्राफिक उपलब्ध हुने बताइएको छ।

अनरले म्याजिकबुक १४ तथा १५ दुवैमा १६ जीबी डीडीआर४ र्याम तथा ५१२ जीबी एसएसडी स्टोरेज उपलब्ध गराउनेछ। दुवैमा १०८० पिक्सेलको आईपीएस एलसीडी रहनेछ भने यिनीहरुको आकार क्रमश: १४ र १५.६ इन्च रहनेछ।

यसबाहेक यी दुवैमा ब्याकलिट कीबोर्ड, एफ रो मा एउटा पप अप क्यामराका साथै दुई ओटा हिट पाइप र कूलिङ फ्यान रहनेछन्।

दुवैमा ५६ वाट आवरको ब्याट्री र त्यसलाई चार्ज गर्नका लागि ६५ वाटको यूएसबी चार्जर दिइएको छ जसले आधा घण्टामा शून्यबाट ४४ प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दावी छ।

आई५ चिपसेटसहितको म्याजिकबुक १४ को मूल्य ८४९.९० यूरोबाट शुरु भएको छ भने आई७ को ११९९.९० यूरोबाट शुरु भएको छ। म्याजिकबुक १५ को भने ९४९.९० यूरो तोकिएको छ।

ती ल्यापटपहरु शुरुवातमा जर्मनी, बेलायत तथा फ्रान्सका अनलाइन स्टोरहरुमा उपलब्ध हुने र बिस्तारै उपलब्ध गराइने बुझिएको छ।

TK Viber

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

Loading...