गुगलले भारतका समाचार प्रकाशकहरुलाई रकम तिर्ने, शोकेस न्यूज प्लेटफर्म भारतमा उपलब्ध

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

गुगलले भारतका समाचार प्रकाशकहरुलाई रकम तिर्ने, शोकेस न्यूज प्लेटफर्म भारतमा उपलब्ध

अल्फाबेट इंकको गुगलले मंगलबार छिमेकी मुलुकभारतमा घरेलु समाचार प्रकाशकहरूसँग मिलेर आफ्नो शोकेस समाचार प्लेटफर्म सुरू गरेको छ । कम्पनीले जतिबेला भारत जटिल काेभिड १९ को दोस्रो लहरमा रहेको र त्यस बारेमा गलत जानकारीहरु फैलिरहेको समयका बिचमा त्यस्ता गलत सूचनालाई हटाउन खोजिरहेको छ।

ट्विटर, फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा भारतीयहरू महत्वपूर्ण चिकित्सा आपूर्तिको अभावको बीचमा संकटसँग सम्बन्धित जानकारीको लागि बढ्दो निर्भर भएका छन्।

गुगलले साझेदार प्रकाशकहरूलाई उनीहरूको अनलाइन सामग्रीको लागि भुक्तान गर्नेछ र प्रयोगकर्ताहरूलाई भुक्तान गरिएका कथाहरूमा सीमित पहुँचको अनुमति दिँदै तिनीहरूलाई क्युरेट गर्न अनुमति दिनेछ । तर यस बारेमा कम्पनीले थप वित्तीय विवरण सार्वजनिक गरेको छैन्।

आजको घोषणा भारतको एउटा चुनौतीपूर्ण घडीमा आएको हो, कोभिड १९ को संकट झन् बढ्दै जाँदा भारतीयहरूले आधिकारिक समाचार र जानकारी खोजिरहेका छन्,’ गुगलले एक ब्लगमा भनेको छ ।

विश्वको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको देश सबैभन्दा घातक प्रकोपबाट गुज्रिरहेको छ, कोभिड १९को केसहरु मंगलबार २ करोड पार गरीसकेको छ।

गुगलको शोकेस सेवा गत वर्षको अन्त्यमा विश्वव्यापी रूपमा शुरू गरिएको थियो र जर्मनी, ब्राजील र बेलायत सहित १२ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ।

गुगलकाअनुसार भारतमा अ‌ग्रेजी र हिन्दी भाषामा भारतीय प्रकाशक पार्टनरहरूको सामाग्री गुगल समाचार र डिस्कभरमा न्यूज शोकेस प्यानलमा देखा पर्न शुरू हुनेछ । यसले यस बर्ष थप भारतीय भाषाहरु समेत सुरू गर्ने छ। रोयटर्स

TK Viber

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

Loading...