क्वालकमको नयाँ एसएम७३२५ चिपसेट ६एनएम प्रोसेसमा बन्ने

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

क्वालकमको नयाँ एसएम७३२५ चिपसेट ६एनएम प्रोसेसमा बन्ने
Global IME Bank

काठमाडौं ।

अनर ५० स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ७७५जी अर्थात् एसएम७३२५ चिपसेट रहने आकलन गरिएको छ। हालै यसै सिरिजको अर्को चिपसेट चर्चामा आएको छ त्यो हो ७७८जी।

एक लिकस्टरले हालै अनलाइनमा राखेको विवरण अनुसार क्वालकमले ल्याउँदै गरेको स्यापड्रागन ७७८जी चिपसेट ६ एनएममा बन्ने अझ शक्तिशाली चिपसेट हो। उनका अनुसार यो चिपसेट सीपीयू जीपीयू तथा कनेक्टिभिटीका आधारमा स्न्यापड्रागन ७८०जी जस्तै रहेको छ।

स्न्यापड्रागन ७७५जी तथा ७७८जीका बीचमा रहेको मुख्य भिन्नता भने को तिनीहरु बनेको प्रक्रिया हो। ७७५जी ५एनएम प्रोसेसमा तथा ७७८जी भने ६एनएम प्रोसेसमा बनेको हो।

त्यसबाहेक पछिल्लोमा २.४ गिगाहर्ज कोरको शक्तिशाली काइरो ६७० तथा एड्रिनो६४२एल जीपीयू पनि रहनेछ। यसमा स्न्यापड्रागन एक्स५३ फाइभजी मोडेम रहने तथा अन्य कनेक्टिभिटी फास्टकनेक्ट ६७०० चिपमा आधारित हुनेछ।

बाहिरिएको विवरण अनुसार उक्त चिपसेटले क्विक चार्ज ५ प्रविधिसहित १०० वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्नेछ जुन स्न्यापड्रागन ७ सिरिजका चिपसेटमध्ये पहिलो हुनेछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार