क्रिप्टोकरेन्सी बिटक्वाइन तीन महिनाकै सबैभन्दा न्यून स्तरमा झर्यो

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

क्रिप्टोकरेन्सी बिटक्वाइन तीन महिनाकै सबैभन्दा न्यून स्तरमा झर्यो
Classic Tech

क्रिप्टोकरेन्सी बिटक्वाइन तीन महिनाको न्यून स्तरमा सोमबार एक अस्थिर क्रममा तल ओर्लिएको छ जहाँ लगानीकर्ताले बिक्री गर्ने प्रयास गरिरहेका थिए ।

गत साता टेस्लाका बोस इलन मस्कले कार खरिदमा बिटक्वाइनमार्फत किन्ने प्रकृया रोकेको घोषणा गरेका थिए । यसअघि उनले टेस्ला खरिदमा बिटक्वाइन भुक्तानी स्वीकार गर्ने बताएसँगै यसको मूल्य चरमचुलीमा पुगेको थियो ।

सोमबार बजारमा उनको ट्विटको आधारमा शुरुमा बेच्ने र पछि किन्ने क्रम चलेको थियो । उनले ट्विटमा टेस्लाले कुनैपनि बिटक्वाइनहरु नबेचेको बताएका थिए ।

मस्कले यसअघिदेखि नै बिटक्वाइनको प्रचार र प्रबर्द्धन गर्दै आएका थिए । पछिल्ले समयमा उनले प्यारोडी क्रिप्टो मुद्रा डजिक्वाइनको पक्षमा कुरा गर्दै आएका थिए । जसले गर्दा बिटक्वाइनको कारोबार कम हुँदै गएको देखा परेको छ।

रिपोर्टहरुकाअनुसार बिटक्वाइन सोमबार ९ प्रतिशतभन्दा बढि गिरावट आई ४२,१८५ अमेरिकी डलरमा झरेको छ, जुन फेब्रुअरी ८ पछिको सबैभन्दा न्यून हो, तर यो पछि बढेर ४५,१९० डलरसम्म फिर्ता भयो।

ईथर, ईथरियम ब्लकचेनसँग जोडिएको क्रिप्टो पनि झरेर ३,१२३.९४ डलरमा पुगेको थियो । डजिक्वाइन पनि लगभग ७ प्रतिशतले तल ओर्लिएको थियो । एजेन्सीहरु

TK Viber

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

Loading...