‘लेनोभो गो’ पावर बैंक जसले एकैपटकमा तीन ओटा डिभाइस चार्ज गर्न सक्छ

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

‘लेनोभो गो’ पावर बैंक जसले एकैपटकमा तीन ओटा डिभाइस चार्ज गर्न सक्छ
NTC_Advt

लेनोभोको आउँदै गरेको एउटा पावरबैंकले एकैसाथ तीनओटा डिभाइस चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ। यसको नाम लेनोभो गो राखिएको छ जसलाई हाइब्रिड वर्कफोर्स अर्थात मोबाइल ल्यापटप तथा ट्याब्लेटका लागि बनाइएको बताइएको छ।

लेनोभोले प्रकाशन गरेको एक अध्ययन प्रतिवेदनमा कोरोना महामारीका कारणर कोरोना सकिएपछि पनि विश्वका अधिकांश व्यक्तिहरु घरबाटै कार्यालयको काम गर्ने चलन आउने हुनाले यस प्रकारको पावर बैंकको निर्माण गर्न लागेको उल्लेख छ।

‘लेनोभो गो ले अफिस घर तथा बीचमा जहाँ भए पनि आफूसँग भएका जुनसुकै डिभाइसलाई काम गर्न पावर पुगोस् भन्ने उद्देश्यले आवश्यक चार्ज प्रदान गर्छ’, कम्पनीले भनेको छ।

लेनोभो गो लाइनपमा ६५ वाटको आउटपुट सहितको २०००० एमएएचको पावरबैंक रहनेछ जसले एकै पटक यूएसबी-सी तथा यूएसबी-ए पोर्टमार्फत् ल्यापटप र मोबाइल फोन चार्ज गर्न सक्छ। कम्पनीले यो डिभाइस नजिकै चार्ज गर्न मिल्ने सुविधा नभएका ठाउँका लागि बनाएको बताएको छ।

यो डिभाइससँग यूएसबी सी केबल तथा वायरलेस माउस पनि दिइन्छ भने यसको मूल्य ८९.९९ डलरबाट शुरु हुने बुझिएको छ। यो माउसलाई चार्जिङ प्याडमा राखेर वायरलेस चार्ज पनि गर्न सकिन्छ।

यो माउस एक पटक चार्ज गरेपछि ३ महिनासम्म चल्ने र यसको मूल्य ५९.९९ डलरबाट शुरु हुने कम्पनीको भनाइ छ।

यी दुवै उत्पादन अर्को महिना सार्वजनिक हुनेछन्। कम्पनीले एउटा भिडियोमार्फत् लेनोभो गो ब्रान्ड अन्तर्गत आउने अन्य उत्पादनहरुको झलक पनि प्रस्तुत गरेको छ। त्यसमा वायरलेस चार्जिङसहितको पावरबैंक तथा भिडियो कन्फ्रेन्सका लागि आवश्यक वायरलेस हेडसेट छन्।

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार