सामसङद्वारा एसआईडी २०२१ इभेन्ट अगावै थुप्रै फोल्डेबल डिभाइसको प्रदर्शन

Technology Khabar ४ जेष्ठ २०७८, मंगलवार

सामसङद्वारा एसआईडी २०२१ इभेन्ट अगावै थुप्रै फोल्डेबल डिभाइसको प्रदर्शन
Classic Tech

सामसङ डिस्प्लेले एसआईडी इभेन्टअगावै आफ्ना थुप्रै आउँदै गरेका फोल्डेबल ओएलईडी स्क्रीन प्यानलहरु प्रदर्शन गरेको छ। उक्त प्रदर्शनमा कम्पनीको एस-फोल्डेबल प्यानल, स्लाइड प्यानल साथै ल्यापटपका लागि क्यामरा सहितका ठूला स्क्रीन प्यानल देखाइएका थिए।

एसआईडी इभेन्ट आज सोमबारबाट शुरु भएर २१ मे शुक्रबारसम्म चल्नेछ।

एस फोल्डेबल स्क्रीन दुई तिर फोल्ड भएर एसजस्तो आकार बन्न सक्छ। यो पुरै खोल्दा ७.२ इन्चको हुन्छ भने यसलाई एकतिर मात्र पनि खोल्न सकिन्छ। यसमा फ्रन्ट क्यामरा डिस्प्लेको बायाँपट्टिको बेजलमा राखिएको छ।

यसबाहेक अर्को स्लाइड हुने डिस्प्ले भने बायाँबाट दायाँतर्फ खोलिने खालको छ। यसलाई नखोली राख्दा सामान्य स्मार्टफोनकै साइजको देखिन्छ। एउटा बटन थिचेपछि यो स्क्रीन मल्टि टास्किङ र मिडिया अनुभवका लागि ठूलो आकारमा परिणत हुन्छ।

सामसङले प्रदर्शन गरेको १७ इन्चको फोल्डेबल स्क्रीन फोल्ड गर्दा माइक्रोसफ्टको सर्फेस निओ ट्याब्लेट वा थिङ्कप्याड एक्स१ फोल्डको आकारको हुन पुग्छ। यसलाई पोर्ट्रेट र ल्याण्डस्केप दुवै हिसाबले प्रयोग गर्न सकिन्छ।

यो बाहेक ल्यापटपको लगभग बेजल नभएको डिजाइनको स्क्रीन पनि प्रदर्शनको हिस्सा थियो। यसमा बेजलभित्र फ्रन्ट क्यामरा राखिएको थियो।

TK Viber

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

Loading...