२४० हर्ज रिफ्रेश रेटको स्क्रीन तथा १ इन्चको क्यामरा सेन्सरयुक्त शार्प आक्वोसको घोषणा

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

२४० हर्ज रिफ्रेश रेटको स्क्रीन तथा १ इन्चको क्यामरा सेन्सरयुक्त शार्प आक्वोसको घोषणा
Classic Tech

जापनी इलेक्ट्रोनिक्स कम्पनी शार्पले जापानी बजारमा आक्वोस आर६ फ्ल्यागशिप स्मार्टफोनको घोषणा गरेको छ। यो फोनमा पछाडि एउटामात्र क्यामरा छ भने यसको सेन्सर भने विशाल १ इन्चको रहेको छ।

यो क्यामरा सेन्सर मोबाइल फोनमा राखिएको सबैभन्दा ठूलो हो। यो सेन्सर लेन्स डिजाइलदेखि फोटोको गुणस्तरसम्म लिइकासँग मिलेर अनुसन्धान र विकास गरिएको हो।

यो फोनमा विश्वकै पहिलो ६.६७ इन्चको प्रो आईजीजेडओ ओएलईडी डिस्प्ले रहेको छ जसको रिफ्रेश रेट २४० हर्ज छ। यसको रेजोल्युशन २७३०x१२६० पिक्सेलको छ।

यो फ्ल्यागशिप फोनमा स्न्यापड्रागन ८८८ चिपसेटका साथमा ८ जी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ। यसमा दिइएको क्यामराले २० मेगापिक्सेलको फोटो खिच्न सक्छ भने सेल्फीका लागि १२ मेगापिक्सेलको क्यामरा राखिएको छ। यसमा अन्डरडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर दिइएको छ।

पावरका लागि ५००० एमएएच ब्याट्री राखिएको शार्पको आक्वोस आर६ धुलो र पानी नछिर्ने अर्थात् डस्ट र वाटरप्रूफ रहेको छ। यो कालो र सेतो दुई रंगमा उपलब्ध हुने र डोकोमो तथा एनटीटी करियरमा उपलब्ध हुने र आगामी जुनदेखि उपभोक्ताको हातमा पर्ने बताइएको छ।

TK Viber

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

Loading...