टेलिकम कम्पनी एटी एण्ड टी र डिस्कभरीले १५० अर्ब डलरको स्ट्रिमिङ्ग कम्पनी बनाउने

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

टेलिकम कम्पनी एटी एण्ड टी र डिस्कभरीले १५० अर्ब डलरको स्ट्रिमिङ्ग कम्पनी बनाउने

काठमाडौं ।

अमेरिकी टेलिकम जायन्ट एटी एण्ड टीले डिस्कभरीसँग मिलेर १५० अर्ब डलर मूल्य भएको स्ट्रिमिङ्ग कम्पनी बनाउन सम्झौता गर्ने हदसम्म नजिक पुगेको छ ।

यो सहकार्यले हलिउडको सबैभन्दा ठूलो स्टुडियो र डिस्कभरीको च्यानलहरू सोही स्वामित्वको अधीनमा ल्याउँदछ।

२०१८ मा १०८.७ अर्ब डलरमा टाइम वार्नरको खरीद गर्दा धेरै ब्रान्डहरू प्राप्त गरिसकेपछि एटी एन्ड टीले सीएनएन, एचबीओ र वार्नर ब्रोसको स्वामित्व लिएको छ ।

यो सम्झौताले स्ट्रिमिङ्ग प्लेयरको भीड भएको बजारमा अर्को कम्पनीको प्रवेशलाई चिन्हित गर्दछ।

दुई कम्पनीहरुबिचको मर्जरले आगामी दिनमा १५० अर्ब डलरको नयाँ व्यवसाय शुरु हुने अपेक्षा गरिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

डिस्कभरीको अहिलेको आम्दानी र ऋणलाई मिलाउँदा करिब ३० अर्ब डलरको कम्पनी भएको  बताईएको छ ।  भने वार्नर मिडियाको एचबिओसँग करिब ६४ लाख सदस्यता मात्र रहेको छ । जबकी प्रतिस्पर्धी कम्पनी नेटफ्लिक्ससँग २० करोड ८० लाख तथा अर्को प्रतिस्पर्धी डिज्ने प्लससँग १० करोड सदस्यहरु छन् ।

नयाँ  कम्पनीले आगामी दिनमा नेटफ्लिक्स र डिज्नेप्लस जस्ताा कम्पनीहरुसँग बजारमा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

एटि एण्ड टि आम्दानीको हिसाबमा विश्वको सबैभन्दा ठूलो टेलिकम कम्पनी हो । जसलाई सन् १८७७ मा अलेक्जेन्डर ग्राहम वेलले स्थापना गरेका थिए जोसँग पहिलो टेलिफोनको अमेरिकी पेटेन्ट थियो । एजेन्सीहरु

Global Bank
easy care

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

ताजा समाचार