अडियो सोशल नेटवर्क क्लबहाउस नेपालसहित विश्वभर एन्ड्रोइड स्मार्टफोनमा आउँदै

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

अडियो सोशल नेटवर्क क्लबहाउस नेपालसहित विश्वभर एन्ड्रोइड स्मार्टफोनमा आउँदै
Classic Tech

अडियो सोशल नेटवर्क क्लबहाउसले यो एक हप्तामा विश्वव्यापीरुपमा आफ्नो एन्ड्रोइड एप विस्तार गर्ने बताएको छ । कम्पनीले अमेरिकामा उपयोगकर्ताहरुको लागी गुगलको स्वामित्व युक्त मोबाइल अपरेटिंग प्रणालीमा आफ्नो सेवाको बीटा संस्करण शुरू गरेको थियो ।

स्टार्टअप कम्पनी जसलाई – ए१६जेड, टाइगर ग्लोबल र डीएसटी ग्लोबल द्वारा सपोर्ट गरिएको र लगभग ४ अर्ब डलर मूल्य भएको कम्पनीले मंगलबार जापान, ब्राजिल र रसियामा एन्ड्रोइड एप ल्याउनेछ बताएको छ । यसका साथै नाइजेरिया र भारत तीन दिन पछि तथा शुक्रवार दिउँसोबाट बाँकी विश्वभर उपलब्ध हुने बताएको छ ।

क्लबहाउस मूल रूपमा गत बर्ष आईफोनका लागि मात्र उपलब्ध हुने एपको रूपमा सुरू भयो। यो एपले चाँडै नै लोकप्रियता प्राप्त गर्‍यो र धेरै उच्च-प्रोफाइल सेलिब्रेटीहरू, राजनीतिज्ञ, लगानीकर्ता र उद्यमीहरूलाई आकर्षित गरेको छ ।

यस वर्षको सुरूदेखि स्टार्टअपले एन्ड्रोइड एपको विकास गर्न सुरू गरेको थियो र यस महिना बीटा संस्करणको परीक्षण गर्न सुरू गरेको थियो ।

यस महिनाको सुरूमा स्टार्टअपले एन्ड्रोइडमा उपलब्धताको लागि सबैभन्दा अनुरोध गरिएको प्रडक्ट फिचर भएको बताएको थियो । क्लबहाउसको एन्ड्रोइडमा ग्लोबल रोलआउट यस्तो समय आउँदैछ जब फेसबुक, ट्विटर, डिस्कोर्ड, स्पोटिफाइ, रेडिट र माइक्रोसफ्टको लिंक्डइन सहित टेक्नोलोजी फर्महरुले सोही किसिमको सेवाहरु ल्याउने तयारी गरिसकेका छन् ।

अहिलेको समयमा भने क्लबहाउसको क्लोन ट्विटरको स्पेसेज भनिन्छ, सबैभन्दा ठूलो प्रतिस्पर्धीको रूपमा देखा परेको छ।

TK Viber

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

Loading...