दक्षिण कोरियाले २०३० सम्ममा सेमिकण्डक्टर क्षेत्रमा साढे ४ खर्ब डलर लगानी गर्ने

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

दक्षिण कोरियाले २०३० सम्ममा सेमिकण्डक्टर क्षेत्रमा साढे ४ खर्ब डलर लगानी गर्ने

काठमाडौं ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बिहीबार स्थानीय सेमिकण्डक्टर उद्योगलाई अगाडि बढाउन यथासक्य समर्थन गर्ने बताएका छन्। उनले स्थानीय चिपलाई प्रवर्द्धन गर्न सामसङको प्योन्टेक चिप प्लान्टमा आयोजित कार्यक्रमका क्रममा यस्तो बताएका हुन्।

त्यसै दिन कोरिया सरकारले सेमिकण्डक्टर सम्बन्धी अनुसन्धान विकास तथा लगानी गर्नेहरुलाई ४० देखि५० प्रतिशतसम्म कर छुट दिने घोषणा समेत गरेको थियो।

यसै सन्दर्भमा ८ इन्चको फाउन्ड्रीको विस्तार, सामग्री, उपकरण तथा अत्याधुनिक प्याकेजिङका लागि लागि सरकारले ८८ करोड डलरको कोष निर्माण गर्ने पनि बताएको छ।

दक्षिण कोरियाको यो घोषणा विश्वका अन्य मुख्य राष्ट्रहरुले सेमिकण्डक्टर चिप उद्योगलाई प्रश्रय दिइरहेको बेला जवाफका रुपमा आएको बुझ्न सकिन्छ। हालै अमेरिकामा बाइडेन प्रशासनले स्थानीय फ्याक्ट्रीमा चिप उत्पादनलाई बढावा दिन ५० अर्ब डलरको घोषणा गरेको छ। अमेरिकाले चिप उत्पादन फ्याक्ट्रीका लागि १५ अर्ब डलरको संघीय कोष निर्माण गर्ने योजना बनाइरहेको छ।

यसैबीच चीनले यसअघि नै सन् २०१५ देखि २०२५ का बीचमा सेमिकण्डक्टर चिपका क्षेत्रमा १ खर्ब ५२ अर्ब डलरको कोषको निर्माण गरिसकेको छ।

दक्षिण कोरियाका राष्ट्रपति इनले देशलाई चिप पावरहाउसका रुपमा विकास गर्न कर, वित्त, नियम तथा मुख्य पूर्वाधारका क्षेत्रमा यथाशक्य समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा सामसङका प्रतिनिधिले आगामी १० वर्षमा यो क्षेत्रमा साढे ४ खर्ब डलर लगानी गर्ने बताए।

easy care

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार