अन्तरिक्ष यान भोएजरले पृथ्वीमा पठायो साैर्यमण्डलबाहिर सुनिएको अनाैठो आवाजको रेकर्ड

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

अन्तरिक्ष यान भोएजरले पृथ्वीमा पठायो साैर्यमण्डलबाहिर सुनिएको अनाैठो आवाजको रेकर्ड

एउटा नयाँ अध्ययन अनुसार पृथ्वीकै सबैभन्दा धेरै समय उड्ने अन्तरीक्ष यानले हाम्रो सोर्यमण्डल भन्दा बाहिर एउटा लगातारको माहुरी गुन्गुनाएजस्तो वा एकोहोरो सुसेलेको जस्तो आवाज आइरहेको पत्ता लगाएको छ।

नासाको भोएजर१ अन्तरिक्षयान सन् १९७७ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो जसमा एउटा टाइटन-सेन्टाउर रकेट पनि रहेको थियो। यसको केही हप्तापछि भोएजर२ प्रक्षेपण गरिएको थियो। शुरुमा ५ वर्षसम्मका लागि भनेर तयार पारिए पनि तिनीहरुले ४३ वर्षपछि पनि आफूले अन्तररिक्षसम्बनधी पाएको नयाँ जानकारीहरु पृथ्वीमा पठाइरहेका छन्।

नेचर एस्ट्रोनोमी जर्नलमा सोमबार प्रकाशित अनुसान्धान प्रतिवेदन अनुसार केही समययता सोर्यमण्डलको किनाराभन्दा पर हेलियोपजमा सारिएका भोएजर१ का उपकरणले प्लाज्मा तरंगका आवाज सुनेको हो।

कर्नेल विश्वविद्यालयले नेतृत्व गरेको एउटा टोलीले उक्त अन्तरिक्ष यानले १४ अर्ब माइल टाढाबाट पठाएको डाटाको अध्ययन गरेपश्चात् तारामण्डलमा ग्यास उत्सर्जन भइरहेको र उक्त आवाज ग्याँस उत्सर्जनको रहेको निष्कर्ष निकालेको छ।

‘यो साँघुरो फ्रिक्वेन्सी ब्याण्डविथ भएकाले होला यो निकै उराठलाग्दो र एकोहोरो आवाज रहेको छ’, कर्नेल विश्वविद्यालयमा खगोल विज्ञानमा विद्यावारिधि गरिरहेकी अनुसन्धाता स्टेला कोच ओकरले विज्ञप्तिमा भनेकी छिन्, ‘हामी ग्यास उत्सर्जनमार्फत् आएको उक्त एकोहोरो र उराठलाग्दो भुनभुनाहटका बारेमा अझै जानकारी लिने प्रयास गरिरहेका छाैं।’

नासाको भोएजर१ अन्तरिक्षयान सन् १९७९ मा बृहस्पति तथा १९८० मा शनि ग्रहनजिकबाट उडेर सन् २०१२ मा भने हेलियोपजलाई पार गरेको थियो।

तारामण्डलमा प्रवेश गरेपछि आफ्नो प्लाज्मा तरंग प्रणालीमार्फत् यसले सूर्यका कारण त्यहाँ उत्सर्जन भइरहेको ग्यासको बारेमा पत्ता लगाएको थियो। यसबाहेक अनुसन्धाताले यसै ग्यास उतसर्जनका क्रममा त्यहाँ लगातार र एकोहोरो आवाज आइरहेको पनि पत्ता लगाए।

‘तारामणडलीय माध्यम हल्का वर्षा जस्तो प्रतीत हुन्थ्यो’, कर्नेल विश्वविद्यालयका खगोल विज्ञानका प्राध्यापक तथा यस अनुसन्धान रिपोर्टका वरिष्ठ लेखक जर्ज फेल्डस्टिनले भने।

TK Viber

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

Loading...