रेडमी के४० लाइट लक्जरी एडिशन फरक चिपसेटसहित आउने

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

रेडमी के४० लाइट लक्जरी एडिशन फरक चिपसेटसहित आउने

हालसालै शाओमीले थुप्रै डिभाइसहरु सार्वजनिक गरेको छ। यसमा उसका मातहतका ब्राण्८हरुले पनि उत्तिकै सहयोग पुर्याएका छन्। तीमध्ये रेडमी सबैभन्दा अगाडि छ।

रेडमीले यसै वर्ष के४० सिरिजको स्मार्टफोन सिरिज सार्वजनिक गर्यो। यस अन्तरगत चार ओटा मोडलहरु उपलब्ध छन्।

अर्को मोडल वा भेरियन्टको रुपमा हालै रेडमी के४० गेम इन्हेन्स्ड एडिशन सार्वजनिक भएको छ र यो नै के४० सिरिजको अन्तिम मोडल हुने आकलन गरिएको छ।

हालै रेडमीका प्रमुख लु वेबिङले एउटा पोस्टमार्फत् कुन चिप र स्मार्टफोन प्रयोग गरिरहेका उपभोक्ताले उक्त डिभाइसको प्रतीक्षा गरिरहेका छन् भन्ने जान्न प्रयास गरे। उनले उक्त पोस्टमा अन्य जानकारीका साथमा उक्त नयाँ मोडललाई रेडमी के४० को हल्का तर विलासी ‘लाइट लक्जरी’ भर्सनका रुपमा चिनिने पनि खुलासा गरे।

रेडमी के४० लाइट लक्जरी एडिशन गेमिङ रेडमी के४० जीई को हलुका भर्सन हो र यसमा डाइमेन्सिटी ११०० चिपसेट रहनेछ भन्ने पनि कतिपयको बुझाइ छ।

यस्तै अन्य केही भने कम्पनीले यसमा डाइमेन्सिटी ९०० चिपसेट राख्नेमा विश्वस्त छन्। तर कम्पनीले उक्त डिभाइसको प्रचार प्रसार थालिसकेकाले यसको पूरा स्पेसिफिकेशन छिट्टै नै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

Loading...