९ महिनामा ९७ हजारभन्दा धेरै स्मार्टवाच आयात, चीन र भारतबाट धेरै

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

९ महिनामा ९७ हजारभन्दा धेरै स्मार्टवाच आयात, चीन र भारतबाट धेरै

काठमाडौं ।

नेपालमा पछिल्लो ९ महिनामा ९७ हजार ६२३ वटा स्मार्टवाच आयात गरिएका छन्।

नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै ९३ हजार ९६१ ओटा तथा भारत बाट २०८६ ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यसबाहेक भियतनामबाट १ हजार २९९, अमेरिकाबाट ९३ र ताइवानबाट ६३, हङकङबाट ५८ र अस्ट्रेलियाबाट २५ ओटा स्मार्टवाच आयात भएको देखिएको छ।

साथै यूएई र जापानबाट ९-९, कतार र कोरियाबाट ४-४, इजरायलबाट ३, क्यानडा थाइल्याण्ड र बेलायतबाट २-२ तथा नेदरल्याण्ड्स, पोर्चुगल र फ्रान्सबाट १-१ ओटा स्मार्टवाच आयात भएको तथ्याङक छ।

ती स्मार्टवाचका मूल्य समग्रमा १७ करोड ८० लाख ८३ हजार रुपैयाँ रहेको छ जसमध्ये चीनबाट आयात भएको ११ करोड ३१ लाख १५ हजार, भारतबट २९ लाखद १७ हजार, भियतनामबाट आयात भएको ४ करोड ८ लाख २३ हजार, ताइवानबाट ११ लाख ९२ हजार, अमेरिकाबाट ७ लाख ६६ हजार, यूएईबाट ४ लाख ५० हजार तथा अस्ट्रेलियाबाट ४ लाख २४ हजार रुपैयाँका रहेका छन्।

पछिल्ला दिनमा स्मार्ट डिभाइस प्रयोग गर्नमा हरेक उमेर र वर्गका मानिसहरु आकर्षिक हुन थालेपछि स्मार्टफोनपछि स्मार्टवाच तथा स्मार्टब्याण्ड सबैको राोजाइमा पर्दै आएका छन्। सस्तो र नेपाली बजार सुहाउँदो भएकाले चीनबाट सर्वाधिका आयात भएको देखिन्छ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

ताजा समाचार