सामसङ ग्यालेक्सी एम१२ रुसमा बिक्री शुरु

Technology Khabar ३ जेष्ठ २०७८, सोमबार

सामसङ ग्यालेक्सी एम१२ रुसमा बिक्री शुरु
Classic Tech

यो स्मार्टफोनमा एक्जिनोस ८५० एसओसी चिपसेट लगाइएको छ भने एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ। यसको अगाडिपट्टि ६.५ इन्चको एचडी+ एलसीडी डिस्प्लेको साथमा सेल्फीका लागि ८ मेगापिक्सेलको नच क्यामरा राखिएको छ।

यस्तै पछाडिपट्टि वर्गाकार क्वाड क्यामरा सेट अफ दिइएको छ जसको मुख्य क्यामरा ४८ मेगापिक्सेलको छ भने ५ मेगापिक्सेलको अल्ट्रावाइड तथा २-२ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर उपलब्ध छ।

यसबाहेक ग्यालेक्सी एम१२ मा फिंगरप्रिन्ट स्क्यानर साइडमा दिइएको छ। यसैगरी एनएफसी, यूएसबी-सी पोर्ट तथा ५००० एमएएचको १५ वाट चार्जिङ सपोर्ट गर्ने ब्याट्री राखिएको छ।

यो स्मार्टफोन कालो, नीलो तथा हरियो रंगमा उपलब्ध छ भने ३ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज तथा ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ।

यसको मूल्य ३ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज भेरियन्टको १७५ डलर तथा ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज भेरियन्टको २०० डलर तोकिएको छ।

TK Viber

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

Loading...