नबिल बैंकको वेबसाइट मार्फत नबिल आईकार्डको निवेदन गर्न पाइने

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

नबिल बैंकको वेबसाइट मार्फत नबिल आईकार्डको निवेदन गर्न पाइने

काठमाडौं ।

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आईकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा ‘ नबिल आईकार्ड सेक्सनमा गई अप्लाई नाउ विकल्प छानि नबिल आईकार्ड को लागि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा केन्द्रमा (०१–५९७००१५) सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नयाँ सुबिधा ल्याएको जनाएकोछ ।

Global Bank
easy care

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार

ताजा समाचार