ओखलढुंगा जिल्लाको विकट र दुर्गम सेर्नामा नेपाल टेलिकमको थ्रिजी मोबाइल सेवा

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

ओखलढुंगा जिल्लाको विकट र दुर्गम सेर्नामा नेपाल टेलिकमको थ्रिजी मोबाइल सेवा
Classic Tech

मुलुकभर सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको नेपाल टेलिकमले दुर्गम र विकट क्षेत्रका वासिन्दाको सुविधालाई ध्यानमा राखी दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले हालै ओखलढुंगा जिल्लाको विकट र दुर्गम मानिने सेर्नामा थ्रिजी मोबाइल सेवाको शुरुवात गरेकोछ । यसले सेर्ना गाउँपालिकाका ५ वटा वडाका वासिन्दाहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् । सो गाउँपालिकाका सेर्ना, भदौरे, रातमाटे, दियालेका साथै माम्खा गाउँको माथिल्लो भेगका करीब १३ सय घरधुरीका वासिन्दाले थ्रीजी सेवाबाट कुराकानी गर्न र इन्टरनेट चलाउन सक्नेछन् ।

यसअघि नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो ।

नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरी सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरी वासिन्दालाई मोबाइल सेवा उपलब्ध गराइएको हो । लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ ।

करिब १ हजार २३० मिटर उचाईमा रहेको यो टावरले सो क्षेत्र अन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई मोबाइल सेवा प्रदान गर्नेछ । सेर्ना, ताक्सिन्दु र जुभु भौगोलिकरुपमा ओखलढुंगा जिल्लाकै दुर्गम र विकट स्थानका रुपमा चिनिन्छन् ।

TK Viber

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार

Loading...