सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाईँदै

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाईँदै
Classic Tech

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने भएको छ ।

हरेक वर्ष मे १७ लाई नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष सो दिवसको नारा ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ रहेको छ ।

प्राधिकरणले सो अवसर पारेर ‘चुनौतिपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा कार्यक्रम गर्न लागेको हो ।

सोमबार विहान ११ः३० देखि शुरु हुने कार्यक्रममा सञ्चार तथा सुूचना प्रविधि मन्त्री पार्वत गुरुङले समेत सम्बोधन गर्ने छन् ।

कार्यक्रममा सूचना तथा सञ्चार (आइसिटी) विज्ञ मनोहर भट्टराईले ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य प्रवृत्तिहरु’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताईएको छ।

यसैगरी सोहि विषयमा प्यानल डिस्कसन समेत सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार

Loading...