टीएसएमसीले अत्याधुनिक ३एनएम फ्याक्ट्री यूरोपको सट्टा अमेरिकामा स्थापना गर्ने

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

टीएसएमसीले अत्याधुनिक ३एनएम फ्याक्ट्री यूरोपको सट्टा अमेरिकामा स्थापना गर्ने

काठमाडौं ।

ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसमसीले कोरोना महामारीका बीच पनि खर्चिलो सेमिकण्डक्टर उद्योग थप्दै जाने निर्णय गरेको छ।

गत वर्ष कम्पनीले अमेरिकाको फिनिक्समा एउटा चिप फ्याक्ट्री खोल्न १० देखि १२ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। यसले उक्त फ्याक्ट्रीबाट ५एनएम प्रोसेसमा थोरै मात्रमा उत्पादन गर्नेछ भने हालै कम्पनीका अधिकारीहरुले ३एनएम प्रोसेसमा चिप तयार गर्न २३ देखि२५ अर्ब डलरको अर्को फ्याक्ट्री थप्ने निर्णय गरेका हुन्।

यसअघि कम्पनीले यूरोपमा अत्याधुनिक फ्याक्ट्रीका लागि ठाउँ खोजे पनि हाल उनीहरु अमेरिकाको फिनिक्सतर्फ केन्द्रित भएका हुन्। यसै ठाउँमा आगामी १०औ१२ वर्षमा अर्को फ्याक्ट्रीङ्का साथै भविष्यमा २ एनएमको फ्याक्ट्रीसमेत बन्न सक्ने कम्पनीको योजना छ।

यूरोपियन यूनियनले टीएसएमसीलाई यूरोपमै तान्न खोजे पनि आन्तरिक कलहका कारण सम्भव भएन। त्यहाँका कार कम्पनीहरुले पुराना सेमीकण्डकटरमा राहत खोजे पनि ती चिपहरुको अहिले अभाव रहेको छ।

टीएसएमसी, इन्टेल र सामसङसँगले अमेरिकी सरकारसँग तथा राहतको अपेक्षा गर्नेछन् किनकि यी प्रत्येकले राष्ट्रपति बाइडेनको उद्योगमा लगानी गर्ने नीति अनुसार जनही ५० अर्ब रुपैयाँ लगानी गर्ने इच्छा राखेका छन्।

त्यसका लागि इन्टेल र सामसङले टेक्ससको फिनिक्स र अस्टिनमा चिप उपादक कम्पनी स्थापना गर्नेछन्।

टीएसएमसीले यूरोपमा भने त्यहाँको अटो उद्योगलाई सुहाउने पुरानो पद्धतिको फ्याक्ट्री लगाउन सक्ने आकलन गरिए पनि कम्पनीका तर्फबाट त्यस्तो कुनै जानकारी आएको भने छैन।

easy care

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार