शाओमी नेपालले भन्यो- फेक पेजबाट सतर्क हुनुस्, व्यक्तिगत विवरण सेयर नगर्नुस्

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

शाओमी नेपालले भन्यो- फेक पेजबाट सतर्क हुनुस्, व्यक्तिगत विवरण सेयर नगर्नुस्
Classic Tech

शाओमी नेपालले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो कम्पनीको नाम र फोटो दुरुपयोग गर्दै नक्कली पेजबाट प्रयोगकर्ताको गोप्य विवरण चोरी भइरहेको भन्दै सतर्क हुन आग्रह गरेको छ ।

नक्कली पेजहरुबाट स्क्यामरहरुले प्रयोगकर्ताको व्यक्तिगत जानकारी र सूचना संकलन गरिरहेको भन्दै कम्पनीले त्यस्ता पेजहरुमा आफ्नो व्यक्तिगत जानकारीहरु शेयर नगर्न कम्पनीले उल्लेख गरेको छ ।

शाओमी नेपालले हालै आफ्नो आधिकारीक फेसबुक पेजमा एक सूचना राख्दै फेक पेजबाट सतर्क हुन अनुरोध गरेको हो ।

कम्पनीले शाओमी नेपालको आधिकारिक पेज प्रोफाइलमा (ब्लू ब्याज) भएको र भेरिफाइड पेज रहेको भन्दै अन्य पेजहरुबाट सतर्क हुन भनेको छ ।

TK Viber

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार

Loading...