इन्स्टाग्राममा अब छिट्टै डेस्क्टपबाट पोस्ट सिर्जना तथा एडिट गर्न पाइने

Technology Khabar २ जेष्ठ २०७८, आईतवार

इन्स्टाग्राममा अब छिट्टै डेस्क्टपबाट पोस्ट सिर्जना तथा एडिट गर्न पाइने

काठमाडौं ।

हालसम्म इन्स्टाग्रामका धेरैजसो सेवा वा फिचरहरु मोबाइल एपका लागि मात्र उपलब्ध छन्। यीमध्ये पोस्ट बनाएर अपलोड गर्ने मोबाइलमार्फतमात्रै सम्भव छ।

तर इन्स्टाग्रामा अपलोड भएका फोटोहरु हेर्न तथा लाइक कमेन्ट गर्न भने २ वर्षजति अघि डेस्कटपमा इन्स्टल गर्न मिल्ने इन्स्टाग्रामको भर्सन आएदेखि नै मिल्दै आएको छ। सामान्य इन्स्टाग्राम यूजरले डेस्कटफ भर्सनबाट गर्न नसक्ने भनेको पोस्ट बनाउन तथा एडिट गर्न नै हो।

हालै एक डेभलपर तथा टिप्स्टरले ट्वीटरमा इन्स्टाग्रामले डेस्कटप साइटमार्फत नै पोस्टहरु निर्माण गर्ने तथा एडिट गर्ने सुविधा उपलब्ध गराउने खुलासा गरेका हुन्।

उक्त टिपस्टरले यो फिचरले कसरी काम गर्नेछ भन्ने पनि उल्लेख गेका छन्। उनका अनुसार डेस्कटप साइटमा फोटो तथा भिडियो ड्र्याग तथा ड्रप गर्न, क्रप गर्न, फिल्टर एप्लाइ गर्न, मानिसहरु तथा लोकेशन ट्याग गर्न सकिनेछ भने यसको सम्पूर्ण यूजर इन्टरफेस मोबाइल एपको जस्तै हुनेछ।

यो सुविधा हाल आन्तरिक परीक्षणका क्रममा रहेको र कहिलेसम्म प्रयोगका लागि खुला हुन्छ भन्ने खुलाइएको छैन। यसै सार्वजनिक हुने बेलासम्ममा अहिले भनिएकामा थुप्रै सुविधाहरुमा परिवर्तन आउनसक्ने पनि बताइएको छ।

Sajilo Visa

प्रकाशित: २ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार