टिकटकमा १३ वर्ष भन्दा कम उमेरकालाई प्रतिबन्ध, ५ लाख भन्दा धेरै एकाउन्ट डिलिट

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

टिकटकमा १३ वर्ष भन्दा कम उमेरकालाई प्रतिबन्ध, ५ लाख भन्दा धेरै एकाउन्ट डिलिट
Classic Tech

भर्खरका रिपोर्टहरूका अनुसार, टिकटकले इटालियन डाटा सुरक्षा नियामकको हस्तक्षेपपछि ५ लाख भन्दा बढी इटालियन एकाउन्टहरू डिलिट गरेकोछ।

इटालियन नियामकले टिकटकलाई सबै इटालियन प्रयोगकर्ताहरूको उमेर पुन: जाँच गर्न र १३ बर्ष भन्दा कम उमेरका प्रयोगकर्ताहरूको एकाउन्ट पहुँच ब्लक गर्न आदेश दिएको थियो।

यहि फेब्रुअरी ९ देखि अप्रिल २१ बीच, १२.५ मिलियन इटालियन प्रयोगकर्ताहरूलाई उनीहरू १३ बर्ष भन्दा माथिको हो कि होईन भनेर सोधिएको थियो ।

अहिलेसम्म ५ लाख भन्दा बढी इटालियन एकाउन्टहरू १६ बर्ष भन्दा कम भएको शंकाको कारण मेटाइएको छ। अर्को ४ लाख एकाउन्टहरू १३ बर्ष भन्दा कम उमेरको दाबी गरेको कारण डिलिट गर्नुपर्नेछ ।

टिकटकले बताएअनुसार यसले १३ बर्ष भन्दा कम उमेरका इटालेली प्रयोगकर्तालाई एप प्रयोग गर्नबाट रोक्नको लागि विभिन्न उपायहरू लिनेछ। यस वर्षको जनवरीमा, एक १० वर्षीया इटालियन बालिकाले टिकटकको “कोमा चुनौती” मा भाग लिएकी थिईन्। उनले आफ्नो सास कति लामो समयसम्म रोकेर राख्न सक्छिन भनेर चुनौती दिन बेल्टले घाँटीमा बाँधिन र अन्तमा, सानी केटीको स्वासप्रस्वास फेर्न नसक्दा मृत्यु भयो।

इटालीले जनवरी २२ मा यसले प्रयोगकर्ताहरुको उमेर टिकटक पहुँच गर्न ग्यारेन्टी नहुनेहरुलाई अस्थायी रूपमा निषेध गर्ने घोषणा गर्‍यो । एजेन्सी

TK Viber

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

Loading...