सवारी साधनको किस्ता अब खल्तीबाटै तिर्नुस्, भाग्यशालीले ५ हजार रूपैयाँ जित्नुस्

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

सवारी साधनको किस्ता अब खल्तीबाटै तिर्नुस्, भाग्यशालीले ५ हजार रूपैयाँ जित्नुस्
Classic Tech

सवारी साधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ।

यसरी खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेवापत किस्ता भुक्तानी खल्ती मार्फत गर्दा यस खल्ती इएमआइ बचत अभियानमा सहभागी हुन पाउने छन्।

खल्तीको यस्तो सुविधाले सवारी साधन किन्ने ग्राहकलाइ निकै सहज भएको छ र साथै नगद जित्ने अवसर समेत पनि पाएका छन् ।

यस योजनामा सहभागी हुन चाहने ग्राहकले मोबाइलमा ग्राहक पहिचान (केवाइसी) भेरिफाइ गरेको हुनुपर्छ। यो योजना मे २ देखि जुन १, २०२१ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

खल्तीबाट सवारी साधन ऋणको किस्ता तिर्न खल्तीको होमस्क्रनमा रहेको इएमआइमा क्लिक गर्नुपर्छ र त्यहाँ रहेको सवारी साधनको ऋण प्रदायक कम्पनी छनौट गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।

ग्राहकले सवारी साधनको किस्ता खल्ती वालेटवाट वा खल्ती लिंक गरेको बैंक खाताबाट सिधै भुक्तानी गर्न सक्ने जनाएको छ ।

TK Viber

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

Loading...