शत्रुले प्रहार गरेको क्षेप्यास्त्र ध्वस्त पार्ने इजराइलको आइरन डोम प्रणाली के हो

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

शत्रुले प्रहार गरेको क्षेप्यास्त्र ध्वस्त पार्ने इजराइलको आइरन डोम प्रणाली के हो

काठमाडौं ।

इजरायल र गाजामा वर्षौंदेखि देखिएको सबैभन्दा डरलाग्दो हिंसाले अहिले यस क्षेत्रको आकाशमा टकरावको नाटकीय तस्वीरहरू निम्त्याएको छ।

हमास र अन्य प्यालेस्टिनी प्यालेस्टाइन समूहले पाँच दिनमा २ हजार भन्दा बढी रकेट इजरायलतर्फ हानेका छन्। तर इजरायली सेनाका अनुसार करिब ९० प्रतिशत रकेटहरू यसको प्रमुख आइरन डोम मिसाइल डिफेन्स सिस्टमले आकाशमा नै रोकेर ध्वस्त पारेको छ। त्यसो हुँदा सघन बस्ती भएका इजरायली सहरलाई जोगाउन सकिन्छ। 

किन विकास गरियो आइरन डोम प्रणाली ?

आइरन डोमलाई विशेष रूपमा छोटो दायराबाट हुने खतराहरूबाट बचाउनको लागि डिजाइन गरिएको थियो। इजरायलले २००६ मा लेबनानको उग्रवादी हिज्बुल्लाह मुभमेन्टसँग लडेको युद्धमा उनीहरूको सो प्रणालीको आधार रहेको छ, त्यसबेला हजारौं रकेटहरू इजरायलमा हानिएका थिए र यसले ठूलो क्षति, जनधन नोक्सानी र दर्जनौंको मृत्यु गरायो।

हिज्बुल्लाहले हजारौँ पटक रकेट आक्रमण गरेर इजरायलमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो।

त्यस पछि इजरायलले एक नयाँ मिसाइल डिफेन्स शिल्ड विकसित गर्ने बताएको थियो । उक्त परियोजनाका लागि २० करोड डलरभन्दा बढी रकम उपलब्ध गराइएको थियो ।

आइरन डोम प्रणालीले कसरी काम गर्छ ?

यसलाई इजरायली कम्पनी राफेल एडभान्स डिफेन्स सिस्टम र इजरायल एयरोस्पेस इंडस्ट्रीजद्वारा बनाईएको हो यसमा केही अमेरिकी सपोर्टपनि रहेको छ । आयरन डोम  २०११ मा कार्यान्वयन आएको थियो। यो विश्वको सबैभन्दा एडभान्स प्रतिरक्षा प्रणालीहरुमध्ये हो । आइरन डोमले राडारको प्रयोग गरेर आउने खतराहरूले हानि गर्नु अगाडी नै पहिचान गरेर त्यसलाई नष्ट गर्दछ । 

आइरन डोममा इजरायलभरि प्रयोग गरिएको विविध क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू संलग्न छन्। त्यसका लागि इजरेलले अर्बौँ डलर खर्च गरेको छ। इजरायलतिर प्रहार गरिएका रकेटहरूको अवस्थिति पत्ता लगाउन उक्त प्रणालीले राडार प्रयोग गर्छ अनि तिनलाई निस्तेज पार्न दुईवटा अवरोधक क्षेप्यास्त्र प्रहार गर्छ।

यो सबै मौसममा उपयोगी प्रणाली हो जसले विशेष गरी गाजा बाट आउने मिसाइल रकेटजस्ता छोटो-दायराका हतियारसँग लड्न मद्दतको लागि डिजाइन गरिएको थियो।

आयरन डोम विकास गर्न महँगो थियो तर उत्पादकहरूले यो लागत प्रभावी भएको बताएका छन् । किनकि यसमा भएको टेक्नोलोजीका कारण यसले मानिस बसोबास क्षेत्रहरूमा आक्रमण गर्ने सम्भावित मिसाइलहरू र त्यसरी लक्ष्यमा पुग्न नसक्ने मिसाइलहरु भिन्नता पत्ता लगाउन सक्दछ। स्थिर रहेको र मोबाइल एकाइहरूले खतराजन्य रूपमा परिभाषित कुनै पनि चीजलाई शूट-डाउन गर्न इन्टरसेप्टर मिसाइलहरू मात्र लन्च गर्दछ ।

आइरन डोम परिचालन भएको एक दशकपछि, इजरायलले अहिले देशभरमा १० वटा ब्याट्रीहरू जडान गरेकोछ, प्रत्येकले ३ देखि ४ प्रक्षेपणको साथ २० वटा इंटरसेप्टर मिसाइलहरू चलाउन सक्छ।

इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कोनिक्रसले यस हप्ता भनेका थिए, “यदि आइरन डोम प्रणाली नभएको भए मृत्यु र घाइते हुने इजरायलीको संख्या धेरै नै हुन्थ्यो।”

तर केही विश्लेषकहरूले भनेका छन् कि गाजाका हालैका ब्यारेजहरूको संकेतले लडाकू समूहहरूले आइरन डोमलाई रोक्न खोजिरहेका छन र यसले प्रणालीको सम्भावित सीमितताका बारेमा चिन्ता व्यक्त गर्दछ। बीबीसीबाट

easy care

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार