फेसबुकको डेभलपर्स कन्फ्रेन्स जून २ तारिखमा आयोजना हुँदै

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

फेसबुकको डेभलपर्स कन्फ्रेन्स जून २ तारिखमा आयोजना हुँदै
Classic Tech

सोशल मिडिया जायन्ट फेसबुकले यस वर्षपनि डेभलपर्स कन्फ्रेन्स आयोजना गर्ने भएको छ। कम्पनीले आउँदो जून २ तारिखमा भर्चुअलरुपमा डेभलपर्स कन्फ्रेन्स एफ८ रिफ्रेस(F8 refresh) आयोजना गर्ने जानकारी दिएको छ ।

फेसबुकले डेभलपरहरुलाई सो बारेमा इमेलमार्फत जानकारी पठाउँदै नाम दर्ता गर्न आव्हान गरेको छ ।

कम्पनीले सो कन्फ्रेन्समा विभिन्न नविनतम प्रडक्टहरुका साथमा नयाँ प्रविधिहरु समेत प्रदर्शन गर्ने र जानकारी दिने जनाएकोछ ।

यदि तपाईँ पनि फेसबुकको डेभलपर्स कन्फ्रेन्समा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर सहभागी हुन सक्नुहुनेछ ।

TK Viber

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

Loading...