ह्वावेले मे १८ मा हार्मोनीओएस कनेक्ट पार्टनर समिट आयोजना गर्ने

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

ह्वावेले मे १८ मा हार्मोनीओएस कनेक्ट पार्टनर समिट आयोजना गर्ने

काठमाडौं ।

हुवावेले आगामी मे १८ मा चीनको शांघाइमा हार्मोनीओएस कनेक्ट पार्टनर समिट आयोजना गर्ने भएको छ।

रिपोर्टहरुका अनुसार चिनियाँ कम्पनी ह्वावेकले यो इभेन्टमा हार्मोनीओएस कनेक्ट ब्रान्ड तथा इकोलोजिकल च्यानल रणनीतिका बारेमा घोषणा गर्नेछ।

यस बाहेक ह्वावेले उक्त इभेन्टमा हार्मोनीओएस इकोलोजिकल एप्लिकेशन वितरणका लागि थुप्रै साझेदारहरुलाई पनि निमन्त्रणा गर्नेछ। हार्मोनीओएस कनेक्ट उद्योग श्रृङ्खलासँग सम्बन्धित थुप्रै उपकरण, चिप, समाधान तथा च्यानल भेन्डर शांघाइको उक्त इभेन्टमा उपस्थित हुने अपेक्षा गरिएको छ।

आफूले काम गर्न चाहेका इको-पार्टनरहरुसँग हार्मोनीओएसको यो पहिलो साक्षात्कार हो।

ह्वावेका अधिकारीहरुका अनुसार यसको आन्तरिक प्रणालीलाई जतिसक्दो छिटो १६ प्रतिशत बजार हिस्सा आवश्यक परेको र कम्पनीले यो आवश्यकता यसै वर्षको अन्त्यसम्म पूरा गर्ने बुझिएको छ।

अपरेटिङ सिस्टमजस्ता कुनै पनि जटिल इकोसिस्टम सफल हुन्छ वा हुँदैन भन्ने कुरा सफ्टवयरको प्रयोग तथा बजार हिस्साले निर्धारण गर्दछ।

ह्वावेका उपभोक्ता तथा एआई व्यवसाय विभागका उपाध्यक्ष याङ हाइसङले भने, ‘अरुले ५ वर्ष लगाएको बाटो तय गर्न ह्वावेलाई १ वर्षमात्र लाग्नेछ।’

कम्पनीका अनुसार हार्मोनीओएसले साधारण कनेक्शन तथ हल्का एपको मद्दतले उत्कृष्ट अन्तरआबद्धता दिनसक्ने छ।

easy care

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार