आईफोनको ब्याट्री तथा पर्फर्मेन्समा आएको समस्याको समाधान आउँदै

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

आईफोनको ब्याट्री तथा पर्फर्मेन्समा आएको समस्याको समाधान आउँदै

काठमाडौं ।

के आईओएस १४.५.१ इन्स्टल गरेपछि तपाइँको आईफोन स्लो भएको वा ब्याट्रीमा समस्या आएको छ? त्यसो भए अब त्यसको समाधान आउने भएको छ।

एप्पलले यस प्रकारका समस्या समाधानका लागि आफ्ना केही उच्चस्तरका नयाँ तथा पुराना आईफोन मोडलहरुको सूची निकालेको छ।

यसै महिनाको शुरुवातमा बेन्चमार्क डाटाले आईफोन ११ तथा १२ सरिजको काम गर्ने क्षमतामा गम्भीर समस्या आएको पत्ता लगाएको थियो। त्यसैले पुरानो भैसकेको आईफोन एक्सआर मोडलले गीकबेन्च तथा ३डीमार्क टेस्टमा यी नयाँ मोडलहरुलाई उछिन्नु स्वाभाविकै थियो।

आईफोन ११ मा भने यो समस्या पर्फर्मेन्समा मात्र नभएर छिट्टै ब्याट्री सकिने समस्या पनि थप भएर आएको पाइएको छ।

आईएप्पलबाइट्सले गरेको गीकबेन्च परीक्षणमा एउटा आईओएस १४.५ अपडेट गरिएको आईफोन ११ मा लगभग ६ घण्टा ब्याट्री टिकेको थियो। तर जब यसलाई आईओएस १४.५.१ मा अपडेट गरियो तब यो समय अझै छोटिएर साढे ५ घण्टामा झर्यो।

आईफोन एक्सआरमा पनि यो समय १० मिनट घटेको पाइयो। आईफोन ७ तथा ८ र २०२० आईफोन एसईमा भने ब्याट्री लाइफ बढेको बाहेक अन्य कुनै परिवर्तन देखिएन।

आईओएस १४.५.१ मा अन्य कुनै कुरा राम्रा नपाइए पनि अत्याधुनिक सुरक्षाका संयन्त्र भने उपलब्ध छन्। तर अब यी समस्या समाधानका रुपमा आईओएस १४.६ बिटा भर्सनमा आइसकेको छ जसलाई अपडेट गरेपछि ब्याट्री तथा पर्फर्मेन्समा अहिले देखिएको समस्या हट्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

ताजा समाचार