शाओमीको नयाँ फिचरः भूकम्पको बारेमा पूर्व जानकारी प्रयोगकर्ताहरुलाई दिँदै

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

शाओमीको नयाँ फिचरः भूकम्पको बारेमा पूर्व जानकारी प्रयोगकर्ताहरुलाई दिँदै

शाओमीले जानकारी दिएअनुसार कम्पनीको एन्ड्रोइडमा आधारित कस्टम स्किन एमआईयूआईले चीनमा ४.० रेक्टर स्केल र त्यसभन्दा बढी रेक्टर स्केलमा आउने भूकम्पको पूर्व जानकारी दिएको छ।

शाओमीले आफ्नो सफ्टवेयरमा एउटा नयाँ फिचर थप राखेको छ जसले प्रयोगकर्तालाई भूकम्प सूचनाहरू पठाउँदछ। शाओमीले अहिलेसम्म ८.५ लाख भन्दा बढी डिभाइसहरूमा यो सुविधा थप गरेको छ । यस सुविधाको कभरेज हाल चीनको २५ राज्यहरुमा रहेको गिजमोचाइनाको एक रिपोर्टमा उल्लेख छ।

शाओमीले हालै चिनियाँ भाषामा यो सुविधाको उपलब्धताका बारे वेबोमार्फत जानकारी दिएको हो । यस सुविधाको शुरुवाती चेतावनी प्रणाली अहिलेसम्म ८ लाख ६४ हजार भन्दा धेरै डिभाइसहरुमा जोडिएको कम्पनीले जानकारी दिएको छ जसमा स्मार्टफोन देखि स्मार्ट टिभीसम्म रहेका छन् ।

नेशनल डिजास्टर प्रिभेन्सन एण्ड मिटिगेशन डेको दिनमा कम्पनीले यो फिचरको उपलब्धिको जानकारी दिने अवसर छनौट गरिएको छ।

शाओमीको भूकम्प सूचना प्रणाली ५०० भन्दा बढी दिनदेखि सक्रिय छ। शाओमीका अनुसार यस प्रणालीले अहिलेसम्म करीव ३५ वटा भूकम्पको बारेमा पत्ता लगाएको छ, जसको सफल सूचना प्रयोगकर्तालाई पठाइएको छ।

यो सुविधालाई अझ उत्कृष्ट बनाउनको लागि, कम्पनीले डिजास्टर मिटिगेसन रिसर्च इन्स्टिच्यूटको साथ काम गर्ने बताएको छ।  ‍यससँगै, कम्पनीले यस प्रणालीलाई अझ विस्तार गर्नका लागि राष्ट्रिय आपतकालीन प्रसारण, नेशनल अर्ली वार्निङ्ग रिलीज सेन्टर र चाइना अर्थक्विक नेटवर्कको साथ काम गर्ने उल्लेख छ।

हाल चीनका २५ शहरहरूमा मात्र पहुँच पाएको यस प्रणालीलाई शाओमीले सम्पूर्ण चीनमा स्थापना गर्ने उदेश्य लिएको बताईएको छ। आगामी दिनहरुमा कम्पनीले बिस्तारै यस प्रणालीलाई अन्य देशहरुमा पनि फैलाउन सक्ने अनुमान गरिएको छ ।

TK Viber

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

Loading...