नौ महिनाभन्दा २९ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात, सबैभन्दा बढी चीनबाट

Technology Khabar १ जेष्ठ २०७८, शनिबार

नौ महिनाभन्दा २९ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात, सबैभन्दा बढी चीनबाट
Classic Tech

नेपालमा पछिल्लो ९ महिनामा ५७ लाख ९९ हजार ८९१ ओटा मोबाइल फोन आयात भएका छन्।

नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको २०७७ साउनदेखि चैत्र मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै ४७ लाख ९७ हजार १९२ ओटा तथा भारत बाट ७ लाख ३१ हजार ९६६ ओटा मोबाइल फोन आयात भएका छन्।

यसबाहेक भियतनामबाट २ लाख ६४ हजार ८७७, अस्ट्रेलियाबाट ९९५, अमेरिकाबाट ८७३, मलेसियाबाट ८१०, कोरियाबाट ६२६, हङकङबाट ४०५, जापनबाट ३४८, कतारबाट ३१३, साउदी अरेबियाबाट १४७ र बेलायतबाट १२७ ओटा मोबाइल फोन आयात भइएको तथ्याङ्क छ।

यी बाहेक अन्य ३७ राष्ट्रबाट १ देखि ३८ वटासम्म मोबाइल फोन नेपाल भित्रिएको देखिन्छ।

ती मोबाइल फोनका मूल्य क्रमश: चीनबाट आयात भएको १८ अर्ब ३५ करोड, भारतबाट ८ अर्ब ५५ करोड, अस्ट्रेलियाबाट १ करोड ६१ लाख, यूएईबाट ६ करोड ६४ लाख, अमेरिकाबाट ५ करोड ११ लाख तथा भियतनामबाट १ अर्ब २० करोड रुपैयाँ बराबरका रहेका र अन्य देशबाट १ हजारदेखि १ लाख ५७ हजार रुपैयाँसम्मका गरी कुल २९ अर्ब ६४ करोड १८ लाख हाराहारी रहेको छ  ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले दूरसञ्चार सेवाको उपयोग अधिकतम गरिरहेका छन्।

हाल विद्यालयहरु बन्द हुँदा र अधिकांशले अनलाइन कक्षा नै लिने गरेको सन्दर्भ तथा घरभित्रै मानिसहरु धेरै समय बसिरहँदा दूरसञ्चार सेवाको प्रयोग समेत बढ्ने अपेक्षा गरिएको छ।

TK Viber

प्रकाशित: १ जेष्ठ २०७८, शनिबार

Loading...