इटलीमा एन्ड्रोइड अटोको प्रभावी स्थानको दुरुपयोग गरेकोमा गुगललाई १० करोड पाउण्ड जरिबाना

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

इटलीमा एन्ड्रोइड अटोको प्रभावी स्थानको दुरुपयोग गरेकोमा गुगललाई १० करोड पाउण्ड जरिबाना

इटलीमा गुगललाई १० करोड पाउण्ड जरिबाना हुने भएको छ। इटलीको प्रतिस्पर्धा विरोधी निकायले प्रकाशित गरेको विज्ञप्तिमा उसले आफ्नो प्रभावी स्थानको दुरुपयोग गरेको आरोप छ।

आरोपमा गुगलले ड्राइभरहरुले चार्जिङ स्टेशनमा ठाउँ मिलाएर रिजर्भ गर्ने एनेल एक्सको एप जुसपासलाई अनुमति नदिएको जनाइएको छ।

गुगलविरुद्ध परेको उजुरीमा अथोरिटीले अनुसन्धान गर्दा उसले जुसपासलाई एन्ड्रोइड अटो प्लेटफर्ममा दुई वर्षसम्म राख्न नदिएको भेटिएको थियो।

अथोरिटीका अनुसार गुगलले एन्ड्रोइड एप कम्प्याटिबल हुने गरी एनेल एक्स इटालियालाई जुसपास एपको नयाँ भर्सन डेभलप गर्न अनुमति नदिएको पाइएको छ।

इटलीको प्रतिस्पर्धा विरोधी निकायले गुगलको विरुद्द्ध द एन्ड्रोइड अटोबाट एनेल एक्स इटालियालाई बहिर्गमन गर्नुको नकारात्मक प्रभावका बारेका कसरी जवाफ दिनुपर्ने भन्ने विवरणसहितको आदेश दिएको हो। यसमा गुगललाई एनेल एक्स इटालिया तथा अन्य डेभलपरलाई एन्ड्रोइड प्लेटफर्ममा एप राख्न र बनाउन रोक नलगाउन पनि भनिएको छ।

गुगलका एक प्रवक्ताले उक्त निकायको आदेश नमान्ने बताएका छन्। उनले प्लेटफर्ममा सुरषाका दृष्टकोणले कस्ता एपलाई अनुमति दिने वा नदिने निर्णय हुने पनि प्रस्ट पारे। यसैबीच यो आदेशले एनेल एक्स र उजस्ता अन्य धेरै एप तथा डेभलपरहरुलाई गुगल प्ले प्लेटफर्ममा आफ्नो प्रतिस्परर्धा गर्न बाटो खोल्ने आकलन गरिएको छ।

TK Viber

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

Loading...