सोनी एक्सपेरिया टेन३ बेलायतमा प्रि अर्डर शुरु

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

सोनी एक्सपेरिया टेन३ बेलायतमा प्रि अर्डर शुरु
Classic Tech

सोनीको एक्सपेरिया टेन३ नाम गरेको मध्यमस्तरको स्मार्टफोन बिस्तारै यूरोप प्रवेश गर्ने भएको छ।

बिहीबार जर्मनीमा प्रि अर्डर शुरु गरेको सोनीले आज शुक्रबार बेलायतमा बपनि प्र अर्डर खुला गरेको छ। बेलायतमा अमेजन, भर्जिन मोबाइल, भोडाफोन, ओ२लगायत थुप्रै अनलाईन प्लेटफर्मबाट प्रि अर्डर गर्न सकिने कम्पनीले जनाएको छ।

यसको मूल्य अनलक्ड भर्सनका लागि ३९९ पाउण्ड तोकिएको छ जसमा फ्री सिम पनि उपलब्ध गराइनेछ। यस बाहेक प्रि अर्डर गिफ्टका रुपमा सोनी को एउटा न्वाइज क्यान्सिलिङ हेडफोन पनि दिइने बताइएको छ।

एक्सपेरिया टेन३ अहपले प्रि अर्डर शुरु गरिए पनि आधिकारिक रुपमा जर्मनीमा सँगै आगामी जुन ११ मा सार्वजनिक हुनेछ।

मध्यमस्तरको यो स्मार्टफोनमा ६ इन्चको क्यूडब्लूएक्सजीए ओएलईडी डिस्प्ले तथा सुरक्षाका लागि गोरिल्ला ग्लास ६ दिइएको छ। स्न्यापड्रागन ६९० फाइभजी एसओसी चिपसेट राखिएको यसमा ६ जीबी र्याम तथा बढाउन सकिने १२८ जीबी आन्तरिक स्टोरेज दिइएको छ।

यसमा पछाडि १२ मेगापिक्सेलको मुख्य तथा ८-८ मेगापिक्सेलको अल्ट्रावाइडर टेलिफोटो लेन्ससहितको ट्रिपल क्यामरा सेटअप लगाइएको छ। त्यस्तै सेल्फीका लागि अगाडि ८ मेगापिक्सेलको क्यामरा उपलब्ध छ।

एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने यो स्मार्टफोनमा पावरका लागि ३० वाटको फास्ट चार्जिङ सुविधासहितको ४५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

TK Viber

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

Loading...