कोभिड-१९ विरुद्धको खोप लगाउन इच्छुकले अनलाइन फाराम भर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

कोभिड-१९ विरुद्धको खोप लगाउन इच्छुकले अनलाइन फाराम भर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको पहिलो खोप लगाउन इच्छुकहरुलाई अनलाइनमार्फत फाराम भर्न आव्हान गरेको छ ।

मन्त्रालयले केहि दिनअघि नै अनौपचारीकरुपमा सार्वजनिक गरेको वेबसाइट र एपमार्फत कोभिड १९ विरुद्धको खोप लगाउनेहरुलाई स्वेच्छाले फाराम भरेर जानकारी दिन भनेको हो ।

मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार सो (http://vaccine.mohp.gov.np/) वेबसाइटमा फाराम १८ वर्ष नाघेका इच्छुक व्यक्तिहरुले भर्न सक्नेछन् ।

मन्त्रालयको सूचना व्यवस्थापन ईकाईद्धारा तयार पारीएको सो वेबसाइट वा एपमा हालसम्म खोप नलगाएका व्यक्तिहरुले आफ्नो बिबरणहरु तयार पार्न सक्नेछन् ।

त्यसरी फाराम भर्ने व्यक्तिहरुको तथ्याङ्क खोप लगाउन पालिकास्तरमा समन्वय र सहकार्य गर्न उपयोगी हुने मन्त्रालयको भनाई छ ।

यो पनि हेर्नुहोस् –

कोभिड-१९ को पहिलो खोप लगाउनु भएको छैन् ? त्यसोभए यसरी गर्नुस् अनलाइनमार्फत नाम दर्ता

easy care

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार