फेसबुकमा मनपरेको भिडियो कसरी डाउनलोड गर्ने ? जान्नुहोस् चरणबद्ध प्रकृया

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

फेसबुकमा मनपरेको भिडियो कसरी डाउनलोड गर्ने ? जान्नुहोस् चरणबद्ध प्रकृया

आजको समयमा फेसबुक साथीभाईहरुसँग कुराकानी गर्नको लागी मात्र नभई आवश्यक मनोरंजनको माध्यम समेत भएकोछ । लाखौं व्यक्तिहरू यो प्लेटफर्ममा भिडियो समेत हेर्ने गर्दछन्। तपाईं पनि टाईम पास गर्नको लागी फेसबुकमा भिडियोहरु समय समयमा हेर्नुहुन्छ होला र केहि भिडियोहरु त मनपराउनुहुन्छ होला।

तर फेसबुकमा यस्तो कुनै एप्लिकेशन उपलब्ध छैन जसले तपाईँलाई मन परेको भिडियोको डाउनलोड गर्न सकियोस।

त्यसकारण आज हामी यहाँ तपाईँलाई एक विशेष ट्रिकको बारेमा बताउँदैछौं । यो ट्रिकको मद्दतले तपाईँले भिडियो डाउनलोड गर्नुहोस् र इन्टरनेट नभएको बेलामा पनि अवलोकन गर्न सक्नुहुनेछ ।

यसरी गर्नुस् फेसबुक भिडियो डाउनलोड

  • सबैभन्दा पहिले तपाईँको कम्प्यूटर वा ल्यापटपमा फेसबुक लग इन गर्नुहोस्।
  • त्यो भिडियो ओपन गर्नुहोस्, जो तपाईँलाई मनपर्दछ र डाउनलोड गर्न चाहनुहुन्छ।
  • यहाँ भिडियोको राइट साइडमा तीनवटा डट अर्थात थोप्लोहरु देखिनेछन्, त्यसमा क्लिक गर्नुहोस्
  • यहाँ हामी धेरै विकल्पहरू देख्दछौं, त्यसमध्ये कपी लिंकमा ट्याप क्लिक गर्नुहोस्
  • यति गरेसँगै त्यो भिडियोको लिंक कपी हुनेछ ।
  • अब त्यो लिंकलाई FBDOWN.NET वेबसाइटमा गएर पेस्ट गर्नुहोस् ।
  • लिंक पेस्ट गरेपछि डाउनलोड बटनमा क्लिक गर्नुहोस् र तल मोर अप्शनमा गएर फोर्स डाउनलोड एचडीमा ट्याप गर्नुहोस्
  • यतिकाम गरेपछि तपाईँले फेसबुक भिडियो डाउनलोड हुनेछ र तपाईं बिना इन्टरनेटमा पनि हेर्नसक्नुहुनेछ ।
TK Viber

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

Loading...