मध्यमस्तरको फाइभजी स्मार्टफोनका लागि ६ एनएम डाइमेन्सिटी ९०० चिपसेटको घोषणा

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

मध्यमस्तरको फाइभजी स्मार्टफोनका लागि ६ एनएम डाइमेन्सिटी ९०० चिपसेटको घोषणा

मिडियाटेकले भर्खरै आफ्नो मध्यम स्तरको स्मार्टफोनका लागि बनेको फाइभजी चिपसेट डाइमेन्सिटी ९०० को घोषणा गरेको छ।

यो ६ एनएम प्रोसेसमा यसअघिको डाइमेन्सिटी ८०० सिरिजमा द्रुत सीपीयू तथा अझ राम्रो कनेक्टिभिटी अप्शनसकहितको लजिकल अपडेट गरी बनाइएको चिपसेट हो।

नयाँ चिपसेटमा कोर्टेक्स ए७८ र ए५५ गरी दुई ओटा क्लस्टयुक्त अक्टाकोर सीपीयू राखिएको छ। यसले १०८ मेगापिक्सेलसम्मको क्यामरा रेजोल्युशन सपोर्ट गर्नुका साथै तथा ३० फ्रेम प्रति सेकेन्डमा फोरके भिडियो खिच्न सक्छ।

डाइमेन्सिटी ९०० चिपसेटयुक्त स्मार्टफोनमा १२० हर्ज रिफ्रेश रेट भएका फुल एचडी+ स्क्रीन रहने साथै एलपीडीडीआर५ र्याम र यूएफएस ३.१ स्टोरेजजस्ता अत्याधुनिक मेमोरीहरु रहनेछन्।

यसबाहेक यो चिपसेट भएका फोनहरुले पुरानो र नयाँ दुवै फाइभजी नेटवर्कमा काम गर्नेछन्। ताइवानको चिप निर्माता कम्पनी मिडियाटेकले यो चिपसेटयुक्त स्मार्टफोन कहिलेसम्म सार्वजनिक हुनेछन् भन्ने चाहिँ खुलासा गरेको छैन।

TK Viber

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

Loading...