प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै गुगललाई १० करोड २० लाख यूरो जरिवाना

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै गुगललाई १० करोड २० लाख यूरो जरिवाना

काठमाडौं ।

इटालीको प्रतिस्पर्धा नियामकले अमेरिकी टेक जायन्ट गुगललाई प्रतिस्पर्धा विरोधी कार्य गरेको भन्दै भारी जरिवाना गरेको छ ।

नियामकले कम्पनीको एन्ड्रोइड प्रणालीबाट ईनेलद्वारा विकसित ई मोबिलिटी एपलाई समावेश नगरेकोमा गुगललाई १० करोड २० लाख यूरो जरिवाना गरेको छ।

दुई बर्ष भन्दा बढी समयदेखि, गुगलले ईनेलको ज्यूसपास(JuicePass) नामक एपलाई एन्ड्रोइड अटोमा अपरेट गर्न अनुमति दिएको थिएन् । सो प्रणालीले एपहरूलाई कारमा सुरक्षित रूपमा प्रयोग गर्न अनुमति दिन्छ ।

‘गुगल म्याप्सलाई समर्थन गर्दा अन्यायपूर्वक यसको प्रयोग घटाउने छ,’ नियामकले बिहीबार भन्यो ।

‘प्रतिस्पर्धित ब्यवहारले ईमोबिलिटीको विकासलाई महत्त्वपूर्ण चरणमा प्रभाव पार्न सक्दछ… यसले विद्युतीय सवारीको बृद्धिमा सम्भावित नकारात्मक असरका साथ अन्य प्रभाव पार्दछ,’ नियामकले उल्लेख गरेकोछ ।

सो निर्णयमा नियामक निकायले आफ्नो स्थितिको दुरुपयोग गरेको भन्दै गुगललाई जरिवाना को घोषणा गर्नुका साथै नियामकले गुगललाई ज्यूसपासलाई एन्ड्रोइड अटोमा उपलब्ध गराउन भनेको छ।

ज्यूसपास ईनेलको ई-समाधान सहायक ईनेल एक्सको स्वामित्वमा रहेकोछ, जसले गुगलको विरूद्ध मुद्दा ल्यायो। सो एपले ईभी चार्जिंग स्टेशनहरू खोज्न र बुक गर्नका लागि नक्शामा र विवरणहरू हेर्न प्रयोगकर्ताहरूलाई सेवाहरू प्रदान गर्दछ।

easy care

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

ताजा समाचार