चिप अभावका कारण सामसङलाई ए सिरिज स्मार्टफोन उत्पादनमा कठिनाइ

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

चिप अभावका कारण सामसङलाई ए सिरिज स्मार्टफोन उत्पादनमा कठिनाइ
Classic Tech

विश्वव्यापी चिप अभावका कारण सामसङ इलेक्ट्रोनिक्सलाई ए सिरिजका स्मार्टफोन उत्पादनमा कठिनाइ भएको छ।

यसैकारण पनि यसअघि मार्च १७ मा बजारमा आउने तय भएका ग्यालेक्सी ए५२ ए ५२ फाइभजी तथा ए७२ स्मार्टफोन कहिलेबाट सार्वजनिक हुने भन्ने अझै यकिन हुन सकेको छैन।

सीमित उपलब्धताका कारण कम्पनीलाई फोनमा आवश्यक एप्लिकेशन प्रोसेसर जुटाउन गाह्रो परिरहेको र त्यसले समग्र उत्पादनमा असर पारिरहेको कम्पनी स्रोतले बताएको छ।

यी फोनहरु यूरोपका केही देशमा अप्रिलमा सार्वजनिक भएका थिए भने अमेरिकामा ए५२ फाइभजी मात्र उपलब्ध छ।

यी तीन फोनमा क्वालकमकफ स्न्यापड्रागन ७२०जी तथा ७५०जी प्रयोग हुन्छ। यी चिपसेटहरु सामसङको फाउन्ड्रीमा ८ एनएम लो पावर प्लस प्रोसेसबाट तयार गरिन्छन्।

गएको फेब्रुअरीमा क्वालकमका नवनिर्वाचित सीईओ क्रिस्टियानो एमोनले चिप अभाव यो वर्षैभरी रहन सक्ने बताएका थिए। मार्चमा सामसङको आईटी तथा मोबाइल सञ्चार व्यवसायका सीईओ डीजे कोहले चिपको माग र आपूर्तिमा गम्भीर असन्तुलन रहेको बताएका थिए।

यो विश्वव्यापी चिप अभावको मुख्य कारण कन्ट्रयाक्ट चिप उत्पादकको उत्पानल क्षमता नपुगेर माग गर्नेहरुलाई समयमा चिप उपलब्ध गराउन नसक्नु हो।

 

यसबाहेक प्राकृतिक विपत्ति तथा दुर्घटनका कारण पनि यसमा थप असर परेको छ।

सामसङले आफ्नो टेक्ससमा रहेको  चिप प्लान्ट अत्यधिक चिकसोका कारण बन्द गर्नु परेकफ थियो भने टीएसएमसीको प्लान्टमा खडेरी र बिजुली अभावका कारण चिप उत्पादन हुन सकेनन्।

TK Viber

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

Loading...