स्न्यापड्रागन ८८८ चिपसेट सहित सार्वजनिक भयो असुसको जेनफोन ८ सिरिज

Technology Khabar ३० बैशाख २०७८, बिहीबार

स्न्यापड्रागन ८८८ चिपसेट सहित सार्वजनिक भयो असुसको जेनफोन ८ सिरिज

काठमाडौं ।

असुसले हालै दुई भेरियन्टमा जेनफोन ८ स्मार्टफोन सार्वजनिक गरेको छ। पहिलो यसको कम्प्याक्ट साइजका हिसाबले आकर्षक छ भने अर्कोमा भने फ्लिप क्यामरा राखिएको छ।

जेनफोन ८

असुसको जेनफोन ८ को डिजाइन कम्प्याक्ट भए पनि आईफोन १२ मिनि भन्दा ठूलो नै छ भने सोनीको एक्सपेरिया फाइभ३ भन्दा केही सानो छ। यसमा स्न्यापड्रागक ८८८ चिपसेट लगाइएको छ भने यो एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्छ।

यसमा ५.९ इन्चको एमोलेड डिस्प्ले दिइएको छ भने सुरक्षाका लागि गोरिल्ला ग्लास भिक्टस तथा पानी र धुलोबाट बचाउन आईपी६८ सर्टिफाइड छ। यो आईपी६८ सर्टिफिकेशन भएको असुसको पहिलो स्मार्टफोन पनि हो।

यसमा ६४ मेगापिक्सेलको दिइएको छ जसले फोर के र एट के भिडियो खिच्न सक्ने पनि क्षमता राख्दछ।

जेनफोन ८ फ्लिप

नाम जस्तै जेनफोन ८ फ्लिपमा ६४ मेगापिक्सेलको फ्लिप क्यामरा राखिएको छ। स्न्यापड्रागन ८८८ चिपसेट रहेको यसमा ६.६७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ भने अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर लगाइएको छ।

यो ८ जीबी र्यामका साथमा १२८ र २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध छ।

पावरका लागि ३० वाटको हाइपर चार्ज सुविधासहितको ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यसले वाइफाइ ६ ई सपोर्ट गर्दछ।

यसले पनि फोर के र एट के भिडियो खिच्न सक्ने पनि क्षमता राख्दछ।

Sajilo Visa

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया